सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध हो : साझा पार्टी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध हो : साझा पार्टी

sajha party pakrau

काठमाडौं, ८ साउन । साझा पार्टीले सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध भएको बताएको छ । साझा पार्टीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै इनफ इज इनफ अभियान सम्बद्ध युवाहरू दोस्रो पटक अनशन बसेको बिहीबार ६ दिन भएको भन्दै अहिलेसम्म सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध भएको बताएको छ ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा सत्तारूढ दलका जिम्मेवार नेताहरू शक्ति संघर्षको घिनलाग्दो राजनीतिक खेलमा अहोरात्र व्यस्त रहेको बताएको छ । उनीहरु देश र जनताप्रति कुनै संवेदनशील नभएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नु अपराध हो। देशको रूपान्तरणका लागि ई:, करण गुरूङ र समाइरा श्रेष्ठजस्ता युवाहरूले लड्नु पर्ने युद्ध लामो छ। तर सरकारको असंवेदनशीलताले गर्दा एउटै लडाईंमा उनीहरूको स्वास्थ्यमा दीर्घकालीन चोट पुग्न सक्छ।’ विज्ञप्तिमा भनिएको छ ।

साझा पार्टीले सरकारी बेवास्ताले अनसनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री ओली स्वयंले लिनुपर्ने बताएको छ । साथै साझा पार्टीले अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यवद्धता जाहेर गर्दै देश-विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ ऐक्यवद्धता प्रकट गर्न समेत आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति

कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरू दोस्रो पटक अनशन बसेको आज ६ दिन भएको छ।

केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका कयौँ जायज मागहरू राख्दै दुईजना युवाहरू ई: र पुकार बम १२ दिनसम्म अनशन बसेका थिए। सरकारले ती मागहरू पुरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए।

तर सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सृजना गर्न ई:, करण गुरूङ र समाइरा श्रेष्ठले पुन: सत्याग्रह सुरू गरेका छन्।

सरकारले आम सर्वसाधारणको मागविना आफै गर्न पर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेका छन्। तर सत्तारूढ दलका जिम्मेवार नेताहरू शक्ति संघर्षको घिनलाग्दो राजनीतिक खेलमा अहोरात्र व्यस्त छन्। देश र जनताप्रति उनीहरूको कुनै संवेदनशीलता देखिँदैन।

संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नु अपराध हो। देशको रूपान्तरणका लागि ई:, करण गुरूङ र समाइरा श्रेष्ठजस्ता युवाहरूले लड्नु पर्ने युद्ध लामो छ। तर सरकारको असंवेदनशीलताले गर्दा एउटै लडाईंमा उनीहरूको स्वास्थ्यमा दीर्घकालीन चोट पुग्न सक्छ।

सरकारी बेवास्ताले अनसनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री ओली स्वयंले लिनुपर्नेछ। साझा पार्टी अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यवद्धता जाहेर गर्दछ र देश-विदेशका सम्पूर्ण नेपालीलाई जहाँबाट जसरी सकिन्छ उनीहरूप्रति ऐक्यवद्धता प्रकट गर्न हार्दिक आग्रह गर्दछ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
मिति: ०८ साउन २०७७

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);