वीरगञ्ज, ६ साउन । अविरल वर्षाले वीरगञ्ज महानगरपालिका र पर्सा जिल्लाका विभिन्न पालिकाहरु डुबानमा परेका छन् । डुबानका कारण सवारी साधन आवातजावत गर्ने समस्या भएको स्थानीयले बताएका छन् ।
वर्षाले सडक हिलाम्मे हुँदा सवारी चलाउन र पानी जमेकाले हिँड्डुल गर्न समस्या भएको छ । वर्षा नरोकिएपछि अहिले कृषकहरूले लगाएको धानबालीलाई पनि क्षति पुग्न थालेको कृषकहरूले बताएका छन् ।
विपद् व्यवस्थापन समितिले डुबानमा परेका स्थानीयलाई राहत क्षतिपूर्ति दिनको लागि अहिलेसम्म कुन–कुन ठाउँमा क्षति भएको छ भन्ने विवरण संकलन भइरहेको सूचना अधिकारी ललितकुमार बस्नेतले बताउनु भएको छ ।