महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ : नेकपा प्रवक्ता श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, ६ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी महाधिवेशनलाई आन्तरिक समस्याको निकास निकाल्ने सूत्र बनाउनु पर्ने बताउँनु भएको छ।

प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विवादले स्थायी समिति बैठक ‘गज्याङमज्याङ’ भइरहेको बेला प्रवक्ता श्रेष्ठको महाधिवेशनलाई निकासको सूत्र बनाउँनु पर्ने धारणा सार्वजनिक भएको हो।

प्रवक्ता श्रेष्ठको यो धारणालाई अर्थपूर्ण रूपमा हेरिएको छ। सोमबार मात्रै पूर्वमाओवादीसम्बद्ध स्थायी समिति सदस्यहरूले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई महाधिवेशनलाई सकारात्मक रूपमा लिनुपर्ने र पार्टी एकतालाई बचाएर दुई अध्यक्षले समस्या समाधान गर्नुपर्ने सुझाएका थिए।

त्यसको भोलिपल्टै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा भन्दा पनि पार्टीमा देखिएका सबै समस्याको निकास महाधिवेशनबाट खोज्नु पर्ने भन्नुलाई राजीनामा माग्ने ‘बटमलाइन’ बाट प्रचण्ड पक्षीय नेताहरू पछाडि हटेको संकेत गरेको छ।

‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो। यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवादउन्मुख सामाजिक–आर्थिक रुपान्तरण हो’, मङ्गलबार ट्वीट गर्दै श्रेष्ठले भन्नुभयो, ‘तसर्थ, पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ।’

प्रचण्ड पक्षीय नेताहरूलाई प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीको राजीनामालाई भन्दा अब महाधिवेशनलाई केन्द्रविन्दुमा राख्ने संकेत दिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू सशंकित भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);