एजेन्सी, ६ साउन । इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा रोनाल्डोले दुवै गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५४ औ मिनेटमा फेरि रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै टिमलाई २–० ले अगाडि राखे ।
८३ औ मिनेटमा इमोबेलीले पेनाल्टी मार्फत गोल गर्दै टिमको अन्तर कम गरेका थिए । तर त्यसपछि दुवै टिमबाट थप अवसर भएपनि गोल हुन सकेन र युभेन्टसले जित निकाल्यो । यो जितसँगै युभेन्टसले ३४ खेलमा ८० अंक बनाएको छ ।
उसले दोस्रो स्थानको इन्टर भन्दा ८ अंकको अग्रता लिएको छ । युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जित्न मात्र ४ अंक आवश्य देखिएको छ । चौथो स्थानको लाजियो ६९ अंक सहित च्याम्पियन्स लिग छनोटको दौडमा यथावत छ ।




