विनिता केसी
काठमाडौं, ५ साउन । वर्षायामको सुरुवातसँगै डेंगुको प्रकोप पनि देखिन थालेको छ । तापक्रम बढ्दै जाँदा लामखुट्टे सक्रिय भएपछि डेंगु संक्रमित बिरामी देखिन थालेका हुन्।
कालाजार र मलेरियाका बिरामी पनि छिटफुट देखिन थालेका छन् । सरकारी तथ्याङ्क अनुसार देशको ६८ जिल्ला डेंगु प्रभावित छन्।हालसम्म डेंगुका १६ हजार बिरामी देखा परेका छन्। गएको आर्थिक वर्षको असारमा मात्रै डेंगुका ४० जना बिरामी भेटिएका थिए ।
डेंगु नेपालमा सन् २००६ पछि प्रकोपका रूपमा देखिँदै आएको छ । यस वर्षपनि मनसुन सक्रिय भएसँगै डेंगुका बिरामी देखिन थालेका हुन्।डेंगुको बिरामी देशभर भेटिएको सरकारी तथ्याङ्क भएपनि कोरोनाका कारण उपचार पाउँन कठिन हुँदै आएको छ ।
‘वर्षायाममा लामखुट्टेको सङ्ख्या बृद्धि हुन्छ र जति धेरै लामखुट्टे हुन्छ, त्यति नै धेरै लामखुट्टेजन्य रोग सर्ने सम्भावना हुन्छ’, किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख प्रकाशकुमार साहले भन्नुभयो, ‘एउटा लामखुट्टेमा डेंगु संक्रमण भएको छ भने त्यसले हजारौँ फुल पार्छ, हजारौँ डेंगु संक्रमित लामखुट्टे हुन्छ र डेंगुको संक्रमण दर बढेर जान्छ।’
आर्थिक वर्ष २०७६/७७ मा मलेरियाका करिब ६ सय र कालाजारका दुई सय जना बिरामी भेटिएका थिए। प्रत्येक वर्ष संसारभर करिब पाँच करोड मानिस डेंगुबाट संक्रमित हुने र करिब १० हजार संक्रमितको मृत्यु हुने गर्दछ ।
नेपालमा जेठ महिनासम्म मात्रै गण्डकी प्रदेशमा २१ जना, प्रदेश नम्बर–१ मा छ जना, बागमती प्रदेशमा–८ जना, प्रदेश नम्बर–५ मा १७ जना र सुदूरपश्चिम प्रदेशमा २ जना डेंगु संक्रमित बिरामी भेटिएका थिए।
सरुवा रोग विशेषज्ञहरूका अनुसार करिब ८० प्रतिशत मानिसमा डेंगुको लक्षण देखिँदैन। संक्रमितमध्ये करिब ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगु लागेपनि मृत्यु दर कम छ ।
वर्षाको पानीमा फुल पार्ने र फैलिने लामखुट्टेको घनत्व बढ्दा डेंगुको संक्रमण बढी देखिन्छ ।लामखुट्टेले जलक्रिडा गरेको दुषित पानीमा पौडिँदा वा काम गर्दा डेंगुको ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्न सक्छन्।
प्लाष्टिकजन्य वस्तुको अव्यवस्थित प्रयोग, रबरको टायर, टिनका भाँडा र गमलामा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ । यसर्थ, यसबाट बच्न खाल्डाखुल्डी पुर्ने, खेतबारीमा जाँदा मलम प्रयोग गर्ने, झूलको प्रयोग गरे सुरक्षित रहन सकिने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।