बंगलादेशले अगष्टबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

बंगलादेशले अगष्टबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने

एजेन्सी, ३ साउन । बंगलादेश फुटबल महासंघले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक प्रशिक्षण अगष्टको पहिलो साताबाट थाल्ने भएको छ । दक्षिण एसियाली मुलुक बंगलादेशले कोरोना महामारीका बीच ठप्प रहेको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अगष्ट ७ बाट सुरु गर्ने जनाएको हो ।

बंगलादेश फुटबलले राष्ट्रिय टिममा रहेका ३० खेलाडीलाई कोरोना भाईरसको परिक्षण गरेपछि मात्र प्रशिक्षणमा सहभागी गराउने पनि जनाएको छ । खेलाडीमा परिक्षण गर्दा कोरोना पुष्टि देखिएमा टिम बाहिर राखिनेछ । बंगलादेशले राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षण अगष्ट ७ बाट सुरु गर्ने बताएपनि पूर्णकालिन प्रशिक्षण अगष्ट २१ बाट मात्र सुरु हुनेछ ।

त्यसअघि खेलाडीलाई क्वारेन्टिनमा राखिनेछ ।तोकिएको समयमा अभ्यास सुरु गरेमा बंगलादेश कोरोना महामारीपछि फुटबलमा फर्कने दक्षिण एसियाको चौथो देश बन्नेछ । यसअघि भुटान, माल्दिभ्स र श्रीलंकाले राष्ट्रिय फुटबल टिमको तयारी सुरु गरिसकेका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);