एफए कपको पहिलो सेमिफाइनलमा सिटी र आर्सनल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

एफए कपको पहिलो सेमिफाइनलमा सिटी र आर्सनल भिड्दै

FA CUP

एजेन्सी, ३ साउन । इंग्ल्याण्डको एफए कप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । एफए कपको पहिलो सेमिफाइनलमा आज दुई ठुला क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।वेम्बली रंगशालामा हुने सिटी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति साँढे १ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै फाइनल पुग्ने दाउमा रहेका छन । १३ पटकको एफए कप बिजेता आर्सनल सिटीलाई हराएर अर्को उपाधि नजिक पुग्ने योजनामा छ । तर, गत सिजनको विजेता सिटीलाई हराउँन आर्सनललाई सहज भने छैन ।

सिटी यो सिजन पनि एफए कप जित्ने लक्ष्यमा रहेको छ । गत सिजन सिटीले वाट्फोर्डलाई ६–० ले हराएर उपाधि जितेको थियो ।पछिल्ला सात खेलमा आर्सनलविरुद्ध सिटी अपराजित रहेको छ ।

आर्सनलले क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले हराएको थियो । त्यसैगरी सिटीले क्वाटरफाइनलमा न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले हराएको थियो ।सिटी र आर्सनलबीचको विजेताले फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।चेल्सी र युनाइटेडबिचको दोस्रो सेमिफाइनल खेल आइतबार हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);