पूर्वप्रधानमन्त्री डा. भट्टराईको टिप्पणी : ‘अधम’ मान्छेले सरकार चलाउँदै छ | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

पूर्वप्रधानमन्त्री डा. भट्टराईको टिप्पणी : ‘अधम’ मान्छेले सरकार चलाउँदै छ

काठमाडौं, २ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गर्नुभएको छ ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै  संकटको बेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताउनुभयो ।

जनताको जीवन र देशको अर्थतन्त्रमा खेलबाड भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ। मध्यम मान्छेले अर्कोले भनेको मान्छ। ‘अधम’ मान्छले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन् । म चाहिँ हाम्रा शासकलाई अधमको कोटीमा राख्न चाहन्छु । किनकि, यस्तो संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झै–झगडा, सत्ताको भागबण्डामा महिनौं बर्बाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलबाड गरिरहेको छ ।’

जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताउनुभयो । कोरोनाका कारण समस्यामा परेका उद्योगी, व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको बताउनुभयो ।