दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी

nepal rastra bank

काठमाडौं, २ साउन । आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समितिबाट पारित भएको छ ।

बैंक सञ्चालक समितिको बैठकबाट पारित भएसँगै आज अपरान्ह ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरूलाई ऋण तिर्नका लागि समयावधि दुई वर्षसम्म थपिने भएको छ ।

ऋणीको प्रकृति अनुसार तीन महिनादेखि दुई वर्षसम्म ऋण तिर्ने समयावधि थप गर्ने गरी मौद्रिक नीति तर्जुमा भएको बताइएको छ ।

बढी प्रभावितका लागि पनि मौद्रिक नीतिमा व्यवस्था गरिएको जनाइएको छ । यसैगरी, ब्याजलाई पुँजीकरण गर्न मिल्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।

सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँ–गाउँसम्म पुर्याउने समेत नीतिमा उल्लेख गरिएको बताइएको छ ।

मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरेको छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि