नेपाल टेलिकमको सर्भर ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ

काठमाडौं, १ साउन । नेपाल टेलिकमको सर्भर ह्याक गरेकाे अभियाेगमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन्। शहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत २८ वर्षीय दिवाकर देउजा पक्राउ परेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ परेका देउजालाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउन बिहीबार साइबर ब्यूरोमा पठाएको बताउनुभयो।

पाण्डेका अनुसार अनुसन्धानको क्रममा ह्याकर देउजाले ‘अनट्रयासेबल इन्टरनेट’ प्रविधिको प्रयोग गरी अनाधिकृत रूपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँज बनाएको पाइएको छ।