अख्तियारद्धारा घुससहित नासु र उद्योग अधिकृत पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

अख्तियारद्धारा घुससहित नासु र उद्योग अधिकृत पक्राउ

काठमाडौं, ३० असार । कैलालीको जोशीपुर गाउँपालिकाका नासु सिद्धराज जोशीलाई ८५ हजार घुस सहित अख्तियारले पक्राउ गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले जोशीलाई मंगलबार पक्राउ गरेको हो।

अख्तियार कैलालीका निमित्त प्रमुख महेश पाण्डेयका अनुसार जोशीले सीपमुलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार रूपैयाँ घुस लिएका थिए।

त्यसैगरी, अख्तियार प्रदेश नम्बर ५ बुटवलले मंगलबार घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख हुकुमबहादुर वलीलाई ९६ हजार ३ सय नगद घुस सहित पक्राउ गरेको छ । वलीलाई अख्तियारले कार्यकक्षमै नगद घुससहित पक्राउ गरेको हो ।