एजेन्सी, २८ असार । संयुक्त अरब इमिरेट्स युएईले कोरोना भाईरसका कारण रोकिएको भिसा नवीकरण प्रक्रिया आईतबारबाट फुकुवा गरेको छ । युएइको फेडरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनसिप आइसीएले आईतबार देखि लागू हुने गरी आवासिय भिसा, वर्क परमिट भिसा लगायत नवीकरण गर्न पाउने घोषणा गरेको हो ।
यो घोषणाले हजारौं कामदारहरुलाई राहत मिल्ने बताइएकोछ । विगतका दिनमा भन्दा कोरोना संक्रमितको संख्या घटेपछि युएई सरकारले यस्तो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । भिसा नवीकरण गर्न नपाएपछि लाखौं स्वदेशी र बिदेशी कामदारहरु मारमा परेका थिए । भिसाको म्याद गुज्रेपछि बिदेशी कामदारहरु स्वदेश फर्केका थिए भने कतिपय स्वदेश फर्कने पर्खाइमा छन् ।
यूएई सरकारको यो निर्णय संगै अव भिसा र वर्क परमिटका लागि म्याद गुज्रेका कामदारहरुले आगामी सेप्टेम्बर सम्म भिसा नवीकरण गर्न पाउनेछन् । युएइको उक्त निर्णयले त्यहा काम गर्ने हजारौं कामदार खुशी भएका छन ।