ट्रम्पले पनि लाउन थाले मास्क | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

ट्रम्पले पनि लाउन थाले मास्क

एजेन्सी, २८ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी सुरु भएयता पहिलो पटक सार्वजनिक रूपमा मास्क लगाएका छन् । शनिबार घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाएका हुन्।

यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास समेत गरेका थिए।

ट्रम्पले भने, “म कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ। तर समय र ठाउँअनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो। तपाईँ अस्पतालमा रहँदा, विशेषगरी जहाँ तपाईँ थुप्रै सैनिक र मानिसहरूसँग कुरा गरिरहनु भएको छ, मलाई लाग्छ, मास्क लगाउनु राम्रो कुरा हो।”

एप्रिल महिनामा अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी) ले भाइरसको विस्तार रोक्ने काममा सहयोग पुर्‍याउन मानिसहरूलाई मास्क वा कपडाले मुख छोप्न सिफारिस गर्दा ट्रम्पले आफूले त्यसको अनुसरण नगर्ने बताएका थिए ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु भएको छ। त्यहाँ कुल संक्रमितको संख्या ३२,४५,००० भन्दा बढी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);