विम्बल्डन रद्द भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

विम्बल्डन रद्द भएपनि ६ सय २० खेलाडीले पुरस्कार पाउने

wimbledon

एजेन्सी, २७ असार । विश्वकै प्रतिष्ठित विम्बल्डन टेनिस प्रतियोगिता कोराना भाईरसका कारण रद्द भएपनि खेलाडीले पुरस्कार पाउने भएका छन् । विम्बल्डन टेनिसको आयोजक अल इङ्ल्याण्ड क्लबले कोरोनाले प्रतियोगिता रद्ध भएपनि ६ सय २० जना खेलाडीलाई पुरस्कार राशी १ करोड २५ लाख करोड डलर वितरण गरिने घोषणा गरेको हो ।

बीमा कम्पनीसंग सहकार्य गर्दै क्लबले ड्रमा सहभागी हुने २ सय ५६ खेलाडीलाई जनही ३१ हजार डलर दिने बताएको छ । विम्बल्डनको छनोटमा मात्र भाग लिएका प्रत्येक खेलाडीले पनि जनही १५ हजार ६ सय डलर पुरस्कार प्राप्त गर्नेछन् । अल ईङ्ल्याण्ड क्लबका प्रमुख कार्यकारी अधिकृत रिचर्ड लुईसले प्रतियोगिता रद्द भएपछि विम्बल्डन आयोजनाका सहयोगिहरुको प्रयासमा यो सम्भव भएको बताए ।

जोडी स्पर्धामा सहभागी १ सय २० खेलाडीले जनही ७ हजार ८ सय, ब्हील चेयर स्पर्धामा भागलिने १६ खेलाडीले ७ हजार ५ सय र चार खेलाडीको ब्हीलचेयरमा भाग लिने खेलाडीले जनही ६ हजार २ सय डलर पाउने भएका छन् ।

विश्वभर कोरोनाले बित्तिय संकट सिर्जना गरेको अवस्थामा विम्बल्डनले सिजन रद्ध भएपनि खेलाडीलाई पुरस्कार बाँड्ने निर्णय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);