सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

gold and silver

काठमाडौं, २५ असार । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोला पुगेको छ ।

बुधबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । ।

यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ हुँदै आएको थियो । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ९ सय ६५ र चाँदी प्रतितोला ९ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);