आज देखि दशैंँ सुरु, खसी बोका किन्नेको चाप बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

काठमाडौँ, ५ असोज । नेपाल खाद्य संस्थानले खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । संस्थानले काठमाडौंको थापाथलीस्थित आफ्नो गोदामबाट दशैं सुरु भएको दिन पारेर खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो ।

संस्थानले प्रतिकिलो बोकाको मूल्य ४५०, खसीको मूल्य ४५५ र च्याङ्ग्राको मूल्य ६७५ रुपैयाँ निर्धारण गरेको हो । संस्थानले बजार नियन्त्रणका लागि खसी, बोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको हो । संस्थानले दशैं सुरु भएसँगै खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ ।

दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याउने गर्दछ । संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट ५०० च्याङ्ग्रा आइसकेकाले त्यसलाई बिक्री गरिने जानकारी दिँदै अरु ५०० च्याङग्रा आउने क्रममा रहेको बताए ।

दाङ र हेटौँडाबाट एकहजार ५०० खसी ल्याउन लागेकोमा वर्षाका कारण केही बाटोमा रोकिएका छन् भने २०० खसी काठमाडौँमा आइसकेका छन् । यही असोज १० गतेसम्म थापाथलीस्थित संस्थानको गोदामबाट बिक्री वितरण गरिने प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।

अहिले गोदाममा खसीबोका तथा च्याङग्रा खरिद गर्न आउनेको चहलपहल बढेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);