सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित

काठमाडाैं,२३ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । मंगलबार बसेको पार्टीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको हो ।

पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन पार्टीसमक्ष सिफारिस गरेको थियो । संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नेपाली नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको गिरीले बिरोध गर्नुभएको थियो ।

उक्त विधेयकमाथि गिरीले संशोधन प्रस्ताव समेत दर्ता गराउनुभएको थियो । पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि गिरीले मान्नुभएको थिएन ।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको हित विपरीत संसद्मा उपस्थित भएर गिरीले संशोधन प्रस्तावको विरोध गर्दै बहिष्कार गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);