काठमाडाैं,२३ असार । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा थारु आयोगले पूर्णता नपाएको भन्दै थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले आयोगका सदस्यहरुको नियुक्ती नहुँदासम्म कुनैपनि क्रियाकलापलाई गति दिन नसकिने स्पष्ट पार्नुभयो ।
बैठकमा संसदहरुले थारु आयोगलाई पूर्णता दिने र क्षमता वृद्धि गरी शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरुले आयोगको उद्देश्य र कार्यक्रमहरुको विषयमा स्पस्ट हुन थारु आयोगका अध्यक्ष चौधरीलाई आग्रह गरेका छन् । तल्लो तहसम्म पुगेर थारु समुदायका समस्या समाधान र उनीहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितताका लागि गर्नुपर्ने कार्यहरुलाई प्राथमिकता दिएर अगाडि बढ्न सांसदहरुले सुझाव दिएका छन् ।