सानेपामा नेविसंघको विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सानेपामा नेविसंघको विरोध प्रदर्शन

nebisang

काठमाडौं, २१ असार । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले पार्टी भित्र भ्रष्टाचार बढेको भन्दै छानविन गरी कारबाही गर्न माग गरेका हुन् ।

विद्यार्थी नेताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले पार्टी भित्रको भ्रष्टाचार छानबिन गर्न र भ्रष्ट नेतालाई कारबाही गर्न माग गर्दै नारा समेत लगाए ।

नेविसंघको वर्तमान कार्यसमितिको कार्याकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन माग गर्दै नेविसंघका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा विद्यार्थी नेताहरु सानेपा पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);