नेविसंघप्रति देउवाको आक्रोश, 'जहाँ पनि हारेको हार्‍यै छ, लाज पनि छैन' | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

नेविसंघप्रति देउवाको आक्रोश, ‘जहाँ पनि हारेको हार्‍यै छ, लाज पनि छैन’

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ नेतृत्व प्रति आक्रोस पोख्नुभएको छ । नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै सभापति देउवा आक्रोशित हुनुभएको हो ।

सभापति देउवाले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गर्नुभयो । अहिले गाउँ ठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित हुनुभयो ।

सभापति देउवाले पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफुसँग कुरा गर्न आउन उहाँले विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो ‘राम्रोसँग गर्नुस, नेविसंघलाई बलियो बनाउनुस । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस । जहाँ पनि हारेको हा¥यै छ नेविसघं लाजपनि छैन् । हामी सबैठाउँमा जितेका थियौं । निविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीपनि नेविसंघ देखिदैन । गाउँ स्कुलमा जवसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो हुँदैन् । त्यही नेविसंघ त हो नी पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भने । एबाबा गाउँमा बोलाउ गाउँमा । स्कुलमा नेविसंघ बनाउ बनाउँदै बनाउँदैन् । अनि हारेको हा¥यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर बर्ताबर्ता भाषण गरेर केही हुने वाला छैन् । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनिमात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?’

सभापति देउवाले अहिले नेविसंघ भित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबिच कुरा गरी समस्याको समाधान निकालिने बताउनुभयो । उहाँले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको उल्लेख गर्नुभयो । सभापति देउवाले कोरोना महामारीको बेला नेविसंघले कुनै कार्यक्रम नगरेकोप्रति प्रश्न समेत गर्नुभयो ।

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टार्सिर बसिराखेको छ । लाजपनि छैन । बोल्दा खेरीपनि भ्यालु पनि छैन् । कहाँ डिस्ट्यान्सिङ छ यहाँ । त्यसकारणले खतरा हुन गएको छ यो । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन् । सोसल डिस्ट्यान्सिङ गर्नुस यस्तो टासिएर बसेर हुन्छ ?’

सभापति देउवाले कहिलेकार्ही कार्यक्रम नगरेपनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम गरेर बर्ता हुनुपर्ने, भाषण गरिहाल्नु पर्ने भन्दै नेविसंका नेतृत्वलाई थर्काउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);