समाचार | Page 2034 of 5943 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

समाचार

लोसपाको निर्देशनः मेयर र अध्यक्षसहित २९ गतेसम्म सबै उम्मेदवार सिफारिस गर्नू

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो ।

‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन  । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रिय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने । उनले अगाडि थपे,  ‘२९ गते भित्र सबै स्थानका उम्मेदवार सिफारिस भईसक्ने अपेक्षा गरिएको छ ।’ झाका अनुसार केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्ला, पालिकाका कार्यकारिणी समितिहरुले गृहकार्य गरिरहेका छन ।

होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाउँमा ‘न्यू इयर इभ’ गर्दै

बुटवल । होटल पौवाले नेपाली नयाँ वर्षलाई इभ (३० चैत)मा तीनवटा शाखामा एकैसाथ सांगीतिक कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । पौवा ग्रुपका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका संचालनमा रहेका १२ शाखामध्ये तीन वटा शाखामा ‘न्यु इयर इभ’ कार्यक्रम सन्चालन हुनेछ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

कार्यक्रमअन्तर्गत ३० चैत साँझ भालुवाङमा थारु संस्कृतिमा आधारित सांगीतिक कार्यक्रम हुनेछ । यसपछि बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी संगीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । भण्डारीका अनुसार ३० चैत साँझलाई भालुवाङमा पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारले मनोरञ्जन प्रदान गर्ने छन् भने बुटवलमा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुति रहनेछ । यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहनेछ ।

कार्यक्रममा प्रवेश निःशुल्क हुने ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘५० रुपैयाँदेखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको छ,’ भण्डारीले भने, ‘कार्यक्रम हेर्न आउने आमन्त्रितलाई निमन्त्रणा कार्डका साथमा लिएर आउन आग्रह छ ।’

‘पछिल्लो समय अंग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिए पनि पौवाले नेपालीले वर्षौंदेखि मनाउँदै आएको चैत मसान्तमा पूरानो साललाई बिदाई र नयाँ सालको स्वागत गर्नेगरी कार्यक्रम तय गरिएको छ,’ पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थापनकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखामा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रम हुँदै आएका छन् ।

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हालसम्म पौवाले कर्णाली प्रदेशको जुम्ला र सुुदुरपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्तरको आतिथ्य प्रदान गरेको छ ।

चैत महिनादेखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको ज्ञवालीले बताए ।

डा. शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ ।

नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने । उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए ।

बर्दिबासमा रेल्वे स्टेसन बनाउन दिदैनौँ : स्थानीय

महोत्तरी । ब्रोडजेग रेल्वेको पूर्वधार निर्माण आयोजनाले बर्दिबासमा जगा अधिग्रहण गरेर रेल्वे स्टेसन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले स्६ेसन बनाउन नदिने चेतावनी दिएका छन् । स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन आयोजाना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभाड र होहल्ला हुने भएकाले स्टेसन बनाउन नदिने घोषणा गरेका हुन् ।

बर्दिबास कै सेरोफेरोमा सरकारी जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेसन बनाउँदा धेरै ठूलो असर पर्ने स्थानीयको ठहर छ । रेल्वे स्टेसन बन्ने पक्का भएपछि सरकारले २०७३ सालमा करिब ६० बिगाहा जमिन सहमतीमै सरकारले अधिग्रहण गरेको थियो । यता, अधिग्रहणमा परेका जग्गाधनीको निर्धारित मुआब्जामा समेत असन्तुष्टि छ । उचित मुआब्जाको पर्खाइमा रहेका स्थानीयले न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा निर्धारण भएपछि असन्तुष्टि जनाएका हुन् ।

मुआब्जा निर्धारण समितिले एक बर्ष अगाडि नै अधिग्रहण गरेको जग्गालार्इ विभिन्न ३५ शीर्षकमा विभाजन गरी न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा दिने निर्णय गरेको थियो । चलनचल्तीको मूल्यभन्दा निर्धारित मुआब्जा निक्कै कम भएको बताउँदै आएका स्थानीयले अहिले भने रेल्वे स्टेसननै बन्न नदिने बताएका छन् । मुआब्जा पीडितहरूले रेल्वे स्टेसनले विकासभन्दा पनि विनास ल्याउने भएकाले आवश्कता महसुस नगरेको बताए ।

६ बर्षदेखि जग्गा अधिग्रहण गरेर किसानलाई बन्धनमा राखेको पनि पीडितहरूको भनाइ छ । ‘मूल्य पुनरावलोकनको लागि प्रयास गर्दा कतै सुनुवाइ भएन अब हामी ससंक्त प्रतिवाद गर्छौ ।’ संघर्ष समितिका डाकराज पोखरेलले भने । बर्दिबासवाट मुआब्जा भन्दा पनि रेल्वे स्टेसन नै हटाउनु पर्ने स्थानीय नेता डा. कृष्ण हमालको भनाइ छ ।  बर्दिबास जस्तो सानो ठाउँमा बिघौ जग्गा अधिग्रहण गरेर बनाउने रेल्वे स्टेसन जरुरी नभएको हमालको जिकिर छ । रेल्वे स्टेसन बन्दा ८४ परिपार बेघर हुने उनको भनाइ छ । करिब दुई सय घरधुरी अहिले जग्गा अधिग्रहणको कारणले पीडित बनिरहेको मुआब्जा संघर्ष समितिले जनाएको छ ।

आयाल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

काठमाडौं । निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदका लागि निगमसँग अब २५ करोड रुपैयाँ मात्र मौज्जात छ । जुन रकमले पेट्रोलियम पदार्थ आयात हुँदैन । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रुपमा बुझाउनु पर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयतमा समस्या देखा परिसकेको निगमका प्रवक्ता विनित उपाध्यायले बताए ।

‘अबको २३ तारिखमा आइओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपुर्ति हुन्छ तर अहिलेसम्म मूल्य स्थिरिकरण कोषमा २५ करोड रुपैयाँ बाँकी छ, अन्त कतै पनि कुनै कोषमा रकम बाँकी छैन्,’ प्रवक्ता उपाध्यायले न्युज कारखानासँग भने, ‘निगमसँग रहेको मौज्जात र मूल्य स्थिरिकरण कोषमा रहेका सबै रकम सकिएपछि पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा निगम पुगेको छ, अर्को महिनादेखि नै समस्या पर्ने देखिएको छ ।’

उनका अनुसार पेट्रोलियम पदार्थको मागअनुसार आईओसीलाई नियमित रुपमा बुझाउने रकममा १४ दिनपछि नै दुई अर्ब रुपैयाँ नपुग्ने देखिसकेको छ । ‘अब पेट्रोल किन्न २५ करोड मात्रै बाँकी छ, बुझाउनु पर्ने १४ अर्ब हुन्छ, केही रकम घाटामा खरिद गरिएको पेट्रोलियम पदार्थ बिक्रीबाट उठाउन सकिए पनि दुई अर्ब पुग्दैन,’ उपाध्यायले भने, ‘त्यसका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको थियो, अर्थले ऋण उपलब्ध गराउनका लागि राष्ट्रिय बाणिज्य बैंकलाई पत्र लेखिदिएको छ ।’ उनका अनुसार १४ दिनपछि पेट्रोलियम पदार्थका आयातका लागि रकम दिन नसके अप्ठयारो अवस्था आउने निगमले अर्थ मन्त्रालयलाई जानकारी गराउन बाध्य भएको थियो ।

गत २२ चैतमा अन्तिम पटक मूल्यवृद्धि गर्दा पनि गत महिना नौ अर्ब २७ करोड घाटा ब्योहोर्नु परेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिएका थिए । उनका अनुसार आर्थिक बर्ष २०७८÷७९ को हालसम्म ३३ अर्ब रुपैयाँ घाटामा रहेको छ ।

गत असार मसान्तसम्म १५ अर्ब ८० करोड रकम सञ्चित गरेको निगमले कोष रित्तिएपछि गत २२ चैत मूल्य स्थिरिकरण कोषवाट चार अर्ब २० करोड लिएर भारतीय आयल कर्पोरेशनलाई पठाएको थियो । स्थिरिकरण कोषमा पनि २५ करोड मात्रै मौज्जाद रहेपछि निगमले बैंकसँग ऋणका लागि आग्रह गरेको छ तर कुनै निर्णय आइनसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

शिक्षक तथा विद्यार्थीले बनाए बाटो छेके छलेर हिड्ने रोबोट

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो ।

रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कप्युटर साइन्स एण्ड इन्जिनियरिंगका सहप्राध्यापक दिनेश डंगोल तथा डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इन्जिनियरिगका उपप्राध्यापक अभिनाश खत्री केसी मुख्य टिम मेम्बरका रुपमा संग्लग थिए । यस्तै, विद्यार्थीबाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सव खड्का सम्लग्न थिए ।

रोबोटलाई अटोमेटिक तथा म्यानुअल मोडमा काम गराउन सकिने छ । म्यानुअल मोडमा काम गराउन एउटा छुट्टै मोबाइल एप पनि बनाइको छ । मोबाइल एपको मद्दतले यसलाई वायरलेस्ली कन्ट्रोल गर्न सकिन्छ । यसलाई आफुले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर सकिने छ ।

अटोमेटिक मोडमा भने यो आफै गन्तव्यमा पुग्छ । यसको लागि उक्त क्षेत्रमा रहेको सीसीटीभी मुख्य कन्ट्रोल युनिट र रोबोटबीच वायरलेस नेटवर्क रहेको छ । मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा रखिएको हुन्छ । त्यससँगै त्यहाँ डेस्कटप एप पनि हुन्छ ।

नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसँगै आबद्ध डेस्कटप एपको मध्यमवाट नर्सले रोबोट पुग्नुपर्ने ठाउँहरू इंकित गर्न सक्नेछन् । एकचोटी यसरी ठाउँहरू निश्चित भएपश्चात रोबोट आफै त्यो ठाउँमा पुग्नेछ र नयाँ गन्तब्य इंकित नगरेसम्म उक्त ठाउाँ नै घुमिरहन्छ । यसरी आफ्नो गन्तव्य पुग्ने क्रममा रोबोटले अगाडि कुनै बाटो छेकिने वस्तुहरु भेटे त्यसलाई छलेर जाने छ ।

साथै अगाडि कुनै मान्छे भेटेमा रोबोटले बाटो छोड्न स्पीकरमार्फत अनुरोध पनि गर्छ । ‘रोबोटमै रहेको क्यामेराले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्छ र एआई टेकनोलोजी मार्फतवाट अगाडि मान्छे आए थाहा पाउँछ,’ टोलीमा संलग्न नेकका सहप्राध्यापक रुपेश दही श्रेष्ठले भने ।

यसरी रोबोट बनाउँदा मुख्य सदस्यहरूबाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञानभक्त महर्जन, सुशील श्रेष्ठलगायतकाको पनि उलेख्य भूमिका रहेको सहप्राध्यापक सचिन श्रेष्ठले बताए । एआई टेक्नोलोजीको प्रयोग भएकोले यसमा आवश्यकता अनुसार थुप्रै फिचर्स पनि सजिलै थप्न सकिने छ ।

माधव नेपालको टिप्पणी : ३० बैशाखको निर्वाचनले जनप्रतिनिधिको संवैधानिक अधिकार हनन् 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा बिजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् । नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० बैशाखमा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे ।

‘३० बैशाखमा चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडी सारेको छ– समस्या त छ,’ नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरुको अझै ५ वर्ष पुगेको छैन ।’

अध्यक्ष नेपालले असोजमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफनो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन् भएको समेत टिप्पणी गरेका छन् ।

‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संबैधानिक उनीहरूको अधिकारको हनन् भएको छ,’ नेपालले भने, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच बर्ष पुग्नेहरूको भावना विपरित छ ।’ स्थानीय तह निर्वाचनमा ३० बैशाखमा गराउने सरकारको निर्णयविरुद्धमा भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार सिंहले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको प्रसङ्ग उल्लेख नगरी त्यसतर्फ भने ईगिंत गरेका छन् ।

यद्यपि, ३० बैशाखमा निर्वाचन हुने वा नहुने भन्नेमा नेपालले आशंका ब्यक्त गरे पनि चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । ‘भोलि जे होला, अहिले हामी तयारीमा जुटौं, अहिले हामी ३० बैशाखका चुनावको तयारीमा जुटौं’ नेपालको भनाइ छ । नेकपा एमालेवाट बिभाजिन भएपछि स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनमार्फत पहिलो पटक चुनावी मैदानमा उत्रदैछ ।

रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ । रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

गर्भनर निलम्बन कटुवाल प्रकरणपछि अर्को गम्भीर भुल : एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् । तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारवाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् ।

‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्वन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रीपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले सनिवारमात्रै सार्वजनिक गरेको हो ।

निर्वाचन आचारसंहिता लागु भयो, स्थानीय तहको म्यादको पेशी २ बैशाखमा 

काठमाडौं आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरिसकेको भएपछि सर्वोच्च अदालतले भने अझै निर्णय दिन सकेको छैन । भंगाहा, महोत्तरीका मेयर मेयर सन्जिवकुमार सिंहले स्थाथनीय तहका प्रतिनिधिले पाँच बर्षसम्म कार्यकाल बिताउन पाउनु पर्ने भन्दै दायर रिटमा अदालतले अझै फैसाला दिएको छैन ।

उनले पुरै पाँच बर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेशी २ बैशाखमा तोकिएको छ । सो रिटमा अन्तरिम आदेश नदिए पछि २ वैशाखमा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाएको छ । जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० बैैशाखमा नहुने हो कि भन्ने आशंका ब्याप्त रहेको छ ।

अमेरिकामा गोली चल्यो, एक जनाको मृत्यु

एजेन्सी । अमेरिकामा भएको बन्दुक हमलामा  एक जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । घटनबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए । अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा  ६ जनाको मृत्यु भएको थियो ।

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला । जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् ।

चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी  करिब चार सय सहभागी थिए  ।

कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत सहभागी छन् । आयोजक कर्णाली स्पोर्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् ।

मुख्यमन्त्री शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनले जुम्लाको मात्रै नभइ कर्णालीकै शीर उच्च राखेको बताए । उनले कर्णाली प्रदेश सरकारले यसको लागि आवश्यक सहयोग गर्ने बताए ।

मुख्यमन्त्री शाहीले बैकुण्ड मानन्धर जस्ता खेलाडीको साथ सहयोग समेत भएकोमा खुशी व्यक्त गरे । उनले विश्व रेकर्ड राख्ने कर्णालीले क्षमताको यस प्रतियोगिताले सन्देश दिएको छ ।

जुम्ला सदरमुकाम खलंगादेखि मुगु राराताल सम्मको उक्त प्रतियोगितामा प्रथम हुने खेलाडी महिला र पुरुषलाई  एक÷एक लाख धनराशी पुरस्कार दिने क्लबका अध्यक्ष सरोज शाहीले बताए।

मेलौलीका टोलहरुमा विद्युत सेवा सुचारु हुदैँ

बैतडी। बैतडीको मेलौली नगरपािलका वडा न. २ र ३का टोलहरुमा विद्युतसेवा सुचारु भएको छ । यसअघि सलेना बजारमा मात्रै विद्युत सुचारु भएकोमा शुक्रबार थप टान्सफर्मर राखिएसंगै गाउँ टोलहरुमासमेत विद्युत सुचारु भएको छ । गाउँमा विद्युत सुचारु भएसंगै अंधकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयबासी मान बहादुर चन्दले बताए । विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाईल चार्ज गर्न, टिभि तथा कम्युटर चलाउन सहज हुने उनले बताए ।

गाउँमा विद्युत विस्तार भएसंगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन् । मेलौली २र ३का टोलहरुमा विद्युत विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए ।

नगरपालिकाले २० आमा समूहलाई दियाे एक लाखका दरले बीउ पुँजी

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको छ । नियमित रुपमा मासिक बचत गर्दै आएका आमा समूहलाई नगरपालिकाले बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा एक लाखका दरले रकम उपलव्ध गराएको हो । नगरपालिकाले गत वर्ष नियमित बचत गर्दैआएका १५ आमा समूहलाई बीउ पुँजी रकम प्रदान गरेको थियो ।

स्थापना कालदेखि हालसम्म जनही मासिक ५ रुपैयाँदेखि ५० रुपैयाँका दरले बचत गर्दै आपसमा ऋण लगानी गरिरहेका आमा समूहको प्रोत्साहनका लागि फिर्ता गर्न नपर्नेगरी बीउ पुँजी रकम थप गरिदिएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन् ।

नियमित बचत गर्दै आएका आमा समूहलाई आम्दानीमुलक क्षेत्रमा लगानी गर्न लगाउने र आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ आर्थिक वर्ष २०७८/०७९ को बीउ पुँजी घुम्ती कोष कार्यक्रम अन्तर्गत  बीउ पुँजी उपलव्ध गराइएको हो ।

११ वडा रहेको नगरपालिकामा हाल १ सय ५ वटा आमा समूह छन् । त्यसमध्ये हालसम्म नगरपालिकाबाट कुनै पनि सेवा तथा कार्यक्रम नपाएका, १५ जनाभन्दा बढी संख्याको महिला आवद्ध भएको र कम्तीमा ५ वर्षसम्म निरन्तर क्रियासिल रहेको समूहलाई छनाेट गरेर बीउ पुँजी रकम प्रदान गरेकाे हाे ।

नगरपालिकाले उपलव्ध गराएको एक लाख रकम पनि आमा समूहको कोषमा मिसाएर बैंक बराबरको व्याजदरमा समूहकै सदस्यलाई ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ । बीउ पुँजी लिएपछि बाख्रा, बंगुर, तरकारी खेती लगायतका व्यवसाय सञ्चालनका लागि समूहका विपन्न महिलालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्नुपर्ने शर्त छ ।

समूहबाट ऋण लिने व्यक्तिले ९ महिनादेखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण र व्याज फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको उपमेयर राईले बताइन् ।

भूमि आयोग बैतडीका सदस्यहरुद्वारा पदभार ग्रहण   

बैतडी । राष्ट्रिय भूमि आयोग बैतडीले पुर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रीपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर (कपील) लाई नियुक्त गरेकोमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णत दिइएको छ । आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरुमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनिहरुले पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।

औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन

महोत्तरी । श्रीपुर र कविलासपुरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान हो एक बर्ष अघिसम्म निक्कै कठिन थियो । अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जानै परे जंघाहा खोलामा हेलिनै पथ्र्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्वसाधारणले धेरैले आफ्न्त गुमाउनु परेको उनीहरूसँग नमिठो बिगत छ ।

करिब ३६ करोड लागतमा यही ठाउँमा पुल निर्माणपश्चत औरहीवासी निकै हौसिएका छन् । औपचारिक रुपमा पुल सन्चालमा आएपछिको खुसी उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो ।

कविलासपुरका अजय दासले खुसी पोखे, ‘हाम्रै जीवनकालमा यहाँ पुल बन्ला र सहज होला भन्ने सोचेका थिएनौँ । पुल बनेपछि आधा समस्या सकियो ।’
वडा नम्बर ४ को कविलासपुर र वडा नम्बर ५ को श्रीपुरमा करिब १० हजार जनालाई यो पुलले राहद दिएको छ । पुल निर्माणले किसानहरूका उत्पादित वस्तु बजारसम्म पु¥याउन र एक गाउँवाट अर्काे ठाउँमा जान सहज भएको उनीहरू बताछउँछन् ।

औरही नगरपालिकाका नगरप्रमुख सुनिल यादवले जनताको समृद्धिसँग जोडिएका पुलमात्रै उद्घाटन गरेनन् यहाँको रामजानकी मन्दिर, विद्यायलय, सामुदायिक भवन, नगर अस्पताल र आठ वटा स्वास्थ्यचौकीको पनि उद्घाटन गरेका छन् ।

‘पुल निर्माणपछि अब हिउँद बर्खामै सहजै आवतजावत हुनेभो भनेर सुखको श्वास फेरेका छौँ ।’ श्रीपुरका रामछबिलाल यादव वताउँछन् ।

करिब एक सय ९५ मिटर लम्बाईको यो पुलले वडा नम्बर ४ र ५ का स्थानीयलाई अभाव र बाध्यताबाट मुक्ती मात्र गराएन बर्षेनी बाढी कै कारण धनजनको क्षतिले अप्रिय घटनाको साक्षी समेत बन्दै आएका किसानलाई सहज प्रदान गरेको छ ।

श्रीपुर र कविलाशपुरका साना नानीहरूलाई पनि बर्षायाममा आवतजावत गर्न समस्या थियो । श्रीपुर र कविलासपुर कै बीचमा श्री सोन्फी दशै उच्च माध्यामिक विध्यालय छ । यस विद्ययालयमा दुवै गाउँका करिब पाँच सय विध्याथीए अध्यनरत छन । ‘खोलामा ठूलो बाढी आउने हँुदा विध्यालय जानै पाएका थिएनाँै अब त आनन्द भयो ।’ कक्षा ५ मा पढने रामचतुरले खुसी हुँदै भने ।

अझ उत्पादित वस्तुहरूलाई बजारसम्म पु¥याउन स्थानीयहरूलाई सहज भएसँगै यहाँका किसानले आधुनिक कृषि कर्मलाई पनि जोड दिएका छन् । परम्परागत खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू अहिले व्यवसायीक खेतीतर्फ आकर्षित भएका छन् ।

पहिलेको तुलनामा व्यवसायीक खेती गर्नेको संख्या वढीरहेको नगरप्रमुख सुनील यादवको ठम्याइ छ ।

श्रीपुर र कविलासपुर भारतको विहार प्रदेशवाट समेत नजिक छ । गाउँपालिकासँगै जोडिएको बोर्डर यी गाउँवाट करिब १५ किलोमिटर दुरीमा रहेका छन् । बोर्डरमा पुगेर सामानहरू आयात निर्यात गर्न समेत जंगाहा पुलले भूमिका खेलेको छ ।