समाचार | Page 1691 of 6012 | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

समाचार

आज धनतेरस पर्व मनाइँदै

काठमाडौं। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ । ।धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ ।
यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् ।

तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पंचांग निर्णायक समितिले जनाएको छ ।

 

सरकारी कार्यालयलाई निःशुल्क जग्गा प्रदान गर्ने १८ दातालाई गाउँपालिकाको सम्मान 

खोटाङ।  खोटाङको साकेला गाउँपालिकाले प्रशासकीय भवन, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा प्रदान गर्ने १८ दातालाई सम्मान गरेको छ । प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा निःशुल्क उपलव्ध गराउने साकेला गाउँपालिका–४ का काजीबहादुर खत्री, छ रोपनी जग्गा प्रदान गर्ने बलराम राई, पाँच रोपनी जग्गा प्रदान गर्ने भिमबहादुर सुवेदी, तीन रोपनी जग्गा प्रदान गर्ने राजकुमार सुवेदी र एक रोपनी जग्गा प्रदान गर्ने विष्णुकुमारी कटवाललाई सम्मान गरिएको हो । वडादशै, शुभ दिपावली, छठ, क्रिष्मस र साकेला उद्यौलीको अवसरमा  शुक्रबार शुभकामना आदन–प्रदान तथा जग्गादाता सम्मान कार्यक्रमको आयोजना गरी गाउँपालिकाले जग्गादातालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।  यस्तै, साकेला गाउँपालिका–२ रतन्छास्थित स्वास्थ्यचौकी रतन्छालाई सात रोपनी जग्गा निःशुल्क प्रदान गर्ने मानबहादुर राई, वडा कार्यालय रतन्छाको नाममा दुई रोपनी पाँच आना जग्गा निःशुल्क प्रदान गर्ने रुपेश राईलाई पनि सम्मान गरिएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने पदमबहादुर कामीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । साकेला आधारभूत अस्पताल निर्माणका लागि चार रोपनी आठ आना जग्गा निःशुल्क प्रदान गर्ने तुलराम राई, तीन रोपनी छ आना जग्गा प्रदान गर्ने रामकुमार राई र एक रोपनी दुई आना जग्गा उपलव्ध गराउने सञ्जय राईलाई सम्मान गरिएको छ ।  साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयको नाममा तीन रोपनी जग्गा गर्ने देउकुमार श्रेष्ठलाई, एक÷एक रोपनी जग्गा दान गर्ने प्रेमकुमार श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । आधारभूत स्वास्थ्य इकाईको भवन निर्माणका लागि तीन रोपनी आठ आना र साकेला गाउँपालिका–४ मात्तिमस्थित धनबरे खेलमैदान निर्माणका लागि चार रोपनी जग्गा निःशुल्क प्रदान गर्ने विष्णुमायाँ श्रेष्ठ सम्मानित भएका छन्।  त्यस्तै, साकेला गाउँपालिका–४ मात्तिमस्थित आधारभूत स्वास्थ्य इकाईको भवन निर्माणका लागि एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने हिरामायाँ श्रेष्ठ र आठ आना जग्गा उपलव्ध गराउने पूर्णकुमारी श्रेष्ठलाई दोसल्ला र प्रमाण–पत्र सहित सम्मान गरिएको छ । जग्गादाताहरुलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राई, गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का, उपाध्यक्ष बिर्सिका राई र पूर्व उपाध्यक्ष सरीता खड्काले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

शैक्षिक पाश्र्वचित्र बिमोचन 
कार्यक्रममा साकेला गाउँपालिका शिक्षा शाखाले प्रकाशन गरेको शैक्षिक पाश्र्वचित्र बिमोचन गरिएको छ । पालिकाका २८ वटा मावि र आधारभूत विद्यालयको आर्थिक, शैक्षिक, भौतिक लगायतका विषय समेटिएको पाश्र्वचित्र विमोचन गरिएको हो ।

खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग

बारा। आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनाबी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनाबी प्रचारप्रसारका निम्ति सरकारीले मन्त्रीलाई दिएको गाडीको नम्बरनै परिर्वतन गरि प्रयोग गरिएको पाईएको हो ।मन्त्री चौधरीले रातोनिलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका हुन । बारा जिल्ला घर भएका मन्त्री चौधरी कोही हप्तादेखि बारामै छन ।उनले चुनाबी प्रचारप्रसारका निम्ति  समेत सरकारी गाडी प्रयोग गर्दै आएको एक स्थानिए राम एकबाल चौधरीले बताए । “मैले पहिले मन्त्री न्ज्युको यहीँ गाडीमा सरकारी नम्बर देखेको थिए विगत तीन चार दिनबाट निजी नम्बर देखे”, चोधरीले भने, प्रहरी नै मन्त्रीँग  अघिपछि हुन्छ प्रशासन मौन छ, कसले  कारबाही गर्ने खै ? निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

यसअगि स्थानीय तहको निर्वाचनमा समेत उनले आचारसंहिता उल्लंघन गर्दै चुनाबी प्रचारप्रसारका निम्ती सरकारी गाडीको दुरुपयोग गरेको पाईएको थियो ।

सुटिङ भएको गाउँ ल्वाङमा देखाइयो फिल्म ‘२ नम्बरी’

काठमाडौं। हलमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘२ नम्बरी’ कास्कीको ल्वाङ गाउँका स्थानीयमाझ देखाइएको छ । गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्मको छायांकन ल्वाङ गाउँमै गरिएको हो । फिल्म देखाउन त्यहाँ पुगेका निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन गरेका हुन् । फिल्म हेर्न करिब दुई सय स्थानीय उपस्थित भएका थिए । ‘फिल्मले अहिलेसम्म सुखद व्यापार गरिरहँदा हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो,’ निर्देशक लामाले भने ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनित यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ।

ब्याजदरकाे विराेधमा सडकमा आन्दोलित व्यवसायी

भैरहवा। राष्ट्र बैंकको गलत नीतिले ब्याजदर बढेपछि आन्दोलित बनेका रुपन्देहीका उद्योगी व्यवसायी ।

रुपन्देहीका ५० बढी क्रियाशील व्यावसायिक संघसंस्था शुक्रबार नेपाल राष्ट्र बैंकविरुद्ध सडकमा आएका हुन् ।\

 

‘निरमाया’ को फस्टलुक, छुवाछूतको मुद्दा उठान

काठमाडौं। मदानी मुभिजले पदम विश्वकर्मा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘निरमाया’ को फस्टलुक र टिजर सार्वजनिक भएको छ । ‘परिवर्तन आफैंबाट सुरु गरौं, समाज स्वत बदलिनेछ’ भन्ने भाव बोकेको फिल्मले छुवाछूतको मुद्दालाई उठान गरेको छ । अनन्तप्रसाद तिमल्सिनाको प्रस्तुति रहेको फिल्मको निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । फिल्ममा चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको सहकार्य छ । फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय छ । फिल्ममा रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन, रवी कोइराला र जीवन पराजुलीको छायांकन, उत्तर राना मगर र तारा थापा ‘किम्भे’को सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको सङ्गीत तथा विनयराज पौडेलको मुख्य सहायक निर्देशन छ।

फिल्मको छायांकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको छ । एक मिनेट ४५ सेकेन्डको टिजरले वर्षौंदेखि जरो गाडेको जातीय छुवाछूतको मुद्दालाई उजागार गर्न खोजेको छ। टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

काठमाडौं। दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोधेको छ । फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा परिवर्तन गरेको हो वा होइन भन्दै बोर्डले लिखित स्पष्टीकरण सोधेको हो । सदस्य सचिव महेश पराजुलीले दुई दिनभित्र बोर्डले सोधेको प्रष्टीकरण दिन निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई पत्रसमेत काटेको हो ।

बिहीबार निर्माताले दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई पुन: सम्पादनसहित रिलिज गरिएको जानकारी दिएका थिए ।

दिपेन्द्र लामाद्धारा निर्देशित चलचित्र तेस्रो सातामा लाग्नु अघि दृश्यहरुमा केही फरबदल गरेर पुन: चलचित्र चलाउने निर्णय गरेको थियो । चलचित्र दुई नम्बरी ब्लकवस्टर हिट भएको निर्देशक लामाले बताउँदै आएका छन ।
चलचित्रले नाफा कमाए पछि निमार्ण पक्षले प्रावधिकहरुलाई केही रकम सहयोग गर्ने सार्वजनिक गरेको थियो ।

बारामा मजदुर माथी प्रहरीको ज्यादती, झडपमा ८ जना मजदुर र १० जना प्रहरी घाइते

श्याम गुप्ता, बारा । बारा जिल्ला स्थित त्रिवेणी स्पेनिङ मिल्स् प्रा.लि.मा भएको झडपमा ८ जना मजदुर र १० जना प्रहरी घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरा स्थित कारखानामा दशैं बोनस माँग्दै वार्तामा बसेका मजदुर र प्रहरी बिच बिहिवार अपरान्ह भएको झडपमा ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी सहिँत १० जना प्रहरी घाईते भएका हुँन् । भने भगवत महतो चौहान लगायतका ८ जना मजदुर घाइते भएका छन् ।

घाईते मध्ये टाउकोमा चोट लागेका प्रहरी हवल्दार श्रीराम पटेलको गण्डक अस्पताल बिरगंज र ओठमा चोट लागेका प्रहरी जवान सुरेन्द्र महत्तोको अल्पाईन अस्पताल सिमरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्य घाइते प्रहरीको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायाव उपरीक्षक राजेश थापाले जनाकारी दिए । घाइते मजदुरहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

झडपको स्थिति नियन्त्रण गर्ने क्रममा प्रहरीले ३४ सेल राउण्ड अश्रुग्याँस, सर्ट गनबाट १ राउण्ड हवाई फायर भएको बारा प्रहरीले जनाएको छ । भने १३ थान सिलढाल फुटेको, ९ थान बेंतको लाठी भाँचिएको बारा प्रहरी प्रवक्ता डिएसपी थापाले जानकारी दिए । प्रहरीले ७ जना कारखानाका मजदुरलाई नियन्त्रणमा लिएको छ । प्रहरी माथी जाईलागेको तथा तोडफोडमा संलग्न रहेको भन्दै ओम् प्रकास मिश्र, संजय कु यादब, मनोज यादब लगायत ७ जना मजदुरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पाउँने गरेकै बोनस् माँगेका मजदुर

सँधै झैं दशैं आयो तर, यस वर्ष त्रिवेणी स्पेनिङ मिल्स प्रा.लि.का मजदुरको दशैं बोनस् आएन । करिब एक हजार ६ सयको संख्यामा रहेका मजदुरले पटक पटक माँग गर्दा पनि सुनुवाइ नभए पछि बुधवार साँझ बाध्य भएर उनीहरुले सिइओलाई कार्य कक्ष मैं रोकेका थिए । कारखानाको काममा बाधा नहुँने गरी अफ डिउटीका मजदुरहरुले दशैं बोनस् बारे ठोस् जवाफ दिन आग्रह गर्दै सिइओलाई व्यवस्थापनसँग सोध्न भनेका थिए ।

सोहि दिन साँझ प्रहरी कै रोहबरमा वार्ताको प्रयास भए पनि निष्कर्ष ननिस्किए पछि प्रहरी फर्किएको थियो । बिहिवार पुनः बार्ताका लागि प्रहरी प्रशासन, कारखाना प्रशासन, मजदुर नेता जम्मा भएका थिए । मजदुर नेताले बोनसका लागि कति समय लाग्छ त्यो तोक्न तथा तत्कालका लागि पेस्की स्वरुप केहि रकम दिएर पर्व मनाउँन सहज बनाइ दिन भने पछि सिइओ व्यवस्थापनसँग कुरा गर्छु भन्दै फोन गर्न अर्को कोठामा गए पछि निकैबेर हराएको उनिहरूले बताएका छन् । सिइओलाई बोलाउँन तथा के भयो बुझ्न प्रशासनका दुई जनालाई पठाएको अवस्थामा बाराका प्रहरी उपरिक्षक होविन्द्र वोगटि सहिँतको प्रहरी टोली वार्ता कक्षमा छिर्न खोज्दा भिडभाडमा भएको धक्कालाई आइलागेको संज्ञा दिएर प्रहरी मजदुर माथी खनिए पछि स्थिति तनावग्रस्त बनेको थियो ।

दोहोरो झडप हुँदा सो क्रममा दुबै तर्फका गरी दर्जन बढी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । अन्ततः काम नरोकी सौहार्दपूर्ण रुपमा खाइपाइ आएको बोनस् सुविधा माँगेको हकिकतलाई सिइओ लगायतको व्यवस्थापनका ५ जनालाई मजदुरहरुले बन्धक बनाएको आरोप लगाइएको मजदुर पक्षको आरोप छ । प्रहरीले मजदुरको माँग सम्बोधन गराउँने वातावरण निर्माण गर्नु भन्दा पनि उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकिय अधिकृत राजेश श्रेष्ठलाई कारखानाबाट रेस्क्युको वाहानामा निकालेको छ । यस बारेमा बुझ्न खोज्दा उद्योग व्यवस्थापक प्रेमकुमार सिंहले अहिले केहि बोल्न नमिल्ने बताए ।

कारखानामा मेशिन चलिरहेकै थियो । डिउटीका मजदुर धमाधम उत्पादनमा जुटेका थिए । अफ डिउटीका मजदुर एकातिरबाट भेटिएका चिजले हान्दै थिए । अर्को तिर प्रहरी प्रतिकारमा जुटेको थियो । काम नरोकी बोनसको माँग गर्दै सिइओलाई मात्रै कार्यालयमा रोकेर निकास खोज्दा भएको प्रहरी दमनले मजदुरहरुलाई हाथापाईका लागि उक्साएको मजदुरको भनाई छ । वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनीयन महासंघ केन्द्रिय सचिवालय सदस्य एवंम् मधेश प्रदेश सहइन्चार्ज मिन प्रसाद आपागाईले मजदुर माथि बल प्रयोग गर्नु र प्रतिकार गर्दा नियन्त्रणमा लिनु दुबै गलत कार्य प्रहरीबाटै भएको बताए ।

वार्ता स्थल बाहिर शान्तिपूर्ण बसेका बेला महिला मजदुरलाई पुरुष प्रहरीले कपडा समातेर तान्दै बाहिर निकाले पछि तनाव सुरु भएको हो, रुदै अनिता भ्लोनले भनिन् । अर्की मजदुर सिकिन्द्र कुमारी चौधरिले चार्डपर्व मनाउँने खर्च आँफै नैं मालिकसँग माँग्दा हामी जस्ता गरिब माथि प्रहरी लगाएर ज्यादती भएको बताईन् । मेरो कपाल समातेर तान्दै प्रहरीले हाथापाई गर्याे ।” गरिबलाई बोनस् सुविधा नदिएर कम्पनीले गरेको ज्यादती बन्द गर्नुको सट्टा प्रहरीले उल्टै मजदुरलाई कुट्नुलाई कसरी बुझ्नु भन्दै उनले प्रतीप्रश्न गरिन् ।

मजदुर महिला माथि पुरुष प्रहरीबाट भएको लछारपछारले स्थिति झडपमा परिणत भएको अखिल नेपाल औद्योगिक मजदुर संघको केन्द्रिय अध्यक्ष वेनी प्रसाद तिमिल्सीनाले बताए । “उद्योगले मजदुरको उचित माग पुरा गर्नैपर्छ, हामी वार्ता गरेर समाधानमा जुट्दै थियौं यस्तोमा प्रहरीबाट दमन हुँनु गलत थियो । सिइओलाई बन्धक बनाएको विषय सरासर गलत हो, उनले भने । नियमित कारखाना सञ्चालन गरेर जायज माँग पुरा गराउँन गरेको पहललाई गलत रुपमा चर्चा गराउँने व्यवस्थापनको रवैया पच्य छैन ।”मजदुर नेता तिमल्सीनाले भने ।

थपलियाको प्रश्न– स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, कारबाही गरे भूकम्प आउने हो कि ?

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउन थालिएको बताएका छन् ।

प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज प्रदेश नं. १ विराटनगरमा उद्घाटन गर्दै उनले स्पष्टीकरण सोध्नु भनेको कारबाही नभई यसको प्रारम्भ भएको समेत स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आसन्न निर्वाचनको तयारी गरिएको बताए ।

‘स्पष्टीकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ?,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ, जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो ।’

व्यवस्थित, मर्यादित र विश्वसनीय निर्वाचनका लागि आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी दुुईवटा नारा अगाडि सारेको उनले जनाए । पहिलो– निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनु हुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ र दोस्रो– निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गरौँ भन्ने रहेको उनले स्पष्ट पारे ।

नेपालको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीतिगत व्यवस्था गर्ने आयोग नै पहिलो सार्वजनिक निकाय हो भन्न पाउँदा गर्वको अनुुभूति भएको उनले बताए ।

‘आयोग चाहन्छ, निर्वाचनको समयमा राजनीतिक दल, उम्मेदवार र आम मतदाताले सामाजिक सञ्जालको भरपुर उपयोग गरी सुसूचित निर्णय लिन सकून्, संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास अझै मजबुद होस्,’ उनले भने ।

सामाजिक सञ्जालको उपयोगद्वारा निर्वाचनसम्बन्धी तथ्यहीन, गलत, भ्रामक र अनुमानित सूचना वा जानकारी सम्प्रेषण तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरबाट हुन सक्ने सम्भावित मिथ्या सूचना, दुुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिको नियमनद्वारा निर्वाचनको विश्वसनीयता र निष्पक्षता जोगाउन आयोगले आवश्यक तयारी गरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

अर्काे सन्दर्भमा उनले मतदाता नामावलीमा नाम भएको बालिग मतदाताले मतदाता परिचयपत्र नभएको कारणले मतदानबाट वञ्चित हुन नपर्ने उनले जनाए ।

सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले संवाहको भूमिकामा रहेर निर्वाचनको निगरानी गरिदिन आग्रह गर्दै प्रमुख आयुक्त थपलियाले सबै उम्मेदवारलाई सञ्चारमाध्यममा समान अवसर र पहुँच उपलब्ध हुनुपर्नेमा जोड दिएका थिए ।

उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ बर्षिय बिकाश राई रहेका छन् । दुर्घटनामा परी गम्भिर घाईते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ  ।

लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने माली पक्राउ

काठमाडौं । लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा चन्द्रागिरीका मुकेश मालीलाई पक्राउ गरेको हो ।

प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा  गेष्‍ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित मालीलाई नियन्त्रणमा लिएको हो ।

मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका–१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । कैलालीको टिकापुर नगरपालिका–८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

श्रीमतीको हत्या गरेको अभियोगमा कुमाल पक्राउ

गुल्मी । आफ्नै श्रीमती हत्या गरेको आरोपमा गुल्मीको मुसिकोट नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाल पक्राउ परेका छन् । ४० वर्षीया तालकुमारी कुमालको हत्या गरेको अभियोगमा कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सूर्यकुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सूर्यकुमारलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचन आयोगले ९ कात्तिकमा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गर्ने

काठमाडौं। निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ ।प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिका अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाश गरिने भएको छ । यस्तै, आयोगले उम्मेवारको अन्तिम बन्दसूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउने छ ।

आयोगले गत १६ असोजमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची बुझाउने मिति तोको थियो । त्यसपछि पनि आयोगले बन्दसूचीमा भएका नाम सच्याउन, उम्मेदवारी फिर्ता लिन, उम्मेदवार विरुद्ध परेको दाबीविरोधको निरुपणलगायतका काम गर्दै आएको छ ।

शिर्ष नेताबाटै निर्वाचन आचारसंहित उल्लंघन, आयोगले दुई जना पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको । आयोगले स्पटीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरु छन् । स्पष्टीकरण सोधेकामध्ये दुई जना त प्रधानमन्त्री भइसकेका र पार्टीको अध्यक्ष समेत रहेका व्यक्ति छन् । आयोगले बिहीबार मात्र ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधक कुमार नेपाललाई स्पष्टीकरण सोधेको थियो । प्रतिनिधि सभा सदस्य रौतहट क्षेत्र नं. १ का उम्मेदवार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो । ‘बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमे तालिम मिल्ते हें’ भनी नेपालले दिएको सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ उल्लेख छ । उक्त व्यवस्थाको उलंघन हुने गरी कुनै कार्य भएमा उम्मेदवारको हकमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ उपदफा (३) बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र ऐनको उपदफा (४) बमोजिम उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको आयोगले पत्र मार्फत नेपाललाई स्मरण गराएको छ । सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्रसमेत पठाएको छ । आयोगले यसअघि निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि स्पटीकरण सोधेको थियो । गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ मा प्रचण्ड बाजागाजसहित उम्मेदवारी दर्ता गर्न गएपछि आयोगले उनीसँग स्पष्टीकरण सोधेको थियो । पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टी नेपालका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई पनि आयोगले आचारसंहिता उल्लंघन गरेको विषयमा स्पटीकरण सोधिसकेको छ ।  यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालग्राम शर्मा पौडेलेले बताएका छन् ।

पौडेलका अनुसार राजनीतिक दलको निर्वाचन चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चिन्ह भनी प्रचार प्रसार गर्ने राजनीतिक दलका उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको छ । हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुने तर्फ काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (ख)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौँ क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका सर्लाही क्षेत्र नं. २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगाना रहेका छन् । निर्वाचन आयोगले पर्वत जिल्लाको श्री वाल प्रथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई पनि चौबिस घण्टे स्पष्टीकरण सोधेका छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा सामाजिक सञ्जाल फेसबुक पेजमा प्रचार प्रसार गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो । यस्तै आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी भएको आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थाने कार्य गरेको भन्दै स्पष्टीकरण माग गरेको थियो । राष्ट्रिय स्वतत्र पार्टीका प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घन्टी निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको विषयमा आयोगले चौबिस घण्टे स्पष्टीकरण सोधेको थियो ।काठमाडौ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका पुकार बमले नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचारप्रसार गर्नेक्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अंकित टिशर्ट लगाएको भन्दै उजुरी परेपछि आयोगले उनलाई पनि स्पष्टीकरण सोधेको थियो ।  आयोगले काठमाडौँ महानगरपालिकाका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै चौबिस घण्टे स्पटीकरण सोधेको छ । वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपनि आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार एवं नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठसँग पनि चौबिस घण्टे स्पष्टीकरण माग गरेको छ । उम्मेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएकोसम्बन्धमा निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफँै वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्न उनलाई आयोगले भनेको छ ।

सत्तागठबनन्धनको चुनावी अभियान सुरु, आज पोखरा र बुटवलमा कार्यक्रम

काठमाडौं। सत्तागठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसाे २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् । पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पाेखरा पुगेका छन् ।सत्तागठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेकाे हाे । गठबन्धनकाे संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीकाे चुनावी अभियानमा सरिक हुने भएका छन् ।