समाचार | Page 299 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

समाचार

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

२०८१,११,२१

सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डाक्टर वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ। विश्वविद्यालय सिनेटको मङ्गलवार राति बसेको बैठकले उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय गरेको हो। तत्कालीन जसपा नेपालका नेतृत्वको सरकारले ०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डाक्टर महतोलाई नियुक्त गरेका थियो। त्यसको केहि दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए।

सिनेटको बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलाको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। अब यो विश्वविद्यालयले ३३ करोड बजेट चलाउन पाइने स्रोतले जनाएको छ।
यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतलाई बाइपास गरी विश्वविद्यालय भवनको शिलान्यास गरेको भन्दै दुवै पार्टीबीच चरम विवाद छ। दुई पार्टीको लडाइँले विश्वविद्यालय लथालिङ्ग बनेको छ। जनमत पार्टीका सिंह मुख्यमन्त्री बनेपछि विश्वविद्यालयमा अनियमितता भएको भन्दै बारे छानबिन समिति बनाएको थियो। उक्त समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन।

 

संवैधानिक नियुक्ति विरुद्धको रिटमा सुनुवाइ आज

२०८१,११,२१

संवैधानिक आयोगहरूमा अध्यादेशमार्फत गरिएको पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। संवैधानिक इजलासले चार वर्षदेखि पन्छाउँदै आएको यो मुद्दाको अन्तिम सुनुवाइ गत माघ ३० गते सुरु भएको हो। पछिल्लो सुनुवाइमा १५ रिटमध्ये मूल निवेदकका रूपमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए। त्यसपछि वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै समय सकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ को सूचीमा चढी आजका लागि पेसी तोकिएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले १३ संवैधानिक निकायका कुल ६१ मध्ये रिक्त ५२ पदमा अध्यादेशमार्फत नियुक्तिको सिफारिस गरेको थियो। नियुक्तिको पहिलो सिफारिस भएलगत्तै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि सिफारिस भएका ३२ जनाको संसदीय सुनुवाइ हुन सकेन ।
सिफारिसको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा पर्ने छैन भन्ने संसदीय नियमावलीलाई आधार बनाएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ २१ मा ३२ र २०७८ असार १० मा पछिल्लो सिफारिसमा परेका २० जनालाई नियुक्त गर्नुभएको थियो।

 

आज संसदमा पेश गरिँदै पाँच अध्यादेश

२०८१,११,२१

प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। दिउँसो १ बजे बोलाइएको बैठकमा सरकारले निर्णयार्थ पेश गर्नेछ। सरकारले भूमिसम्बन्धी अध्यादेशलाई थाती राखेर अरु पाँच अध्यादेश अघि बढाउने भएको छ। संसद् सचिवालयका अनुसार सन्देश टेबुल राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित विधेयक पेश गर्ने कार्यसूची छ। यस्तै अध्यादेशमाथि छलफल र स्वीकृति भानुभक्त जोशीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।

त्यस्तै प्रधानमन्त्री केपी‍ शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। डा. स्वर्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्। यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। उता नेकपा माओवादीका सांसद माधव सापकोटाले निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।

यसैगरी रणेन्द्र बरालीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

तत्काल कुनै पार्टीसँग एकीकरण हुँदैन, झलनाथ खनाल

२०८१,११,२

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। आज प्रेस सङ्गठन नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले तत्काल कुनै सम्भावना नरहेको स्पष्ट पारे। तर उनले महत्त्वपूर्ण एजेन्डाका आधारमा कार्यगत एकता भने गर्न सकिने बताएका छन ।

पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको आरोप लगाएका हुुन।

 

वन संरक्षणमा नीति तथा कार्यक्रमको कार्यान्वयन गर्नुपर्छ, उपराष्ट्रपति

२०८१,११,२

उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखी यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। मंगलबार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका लागि विविध प्रयासहरु भइरहेको बताएका छन । नेपालको कुल जमिनको ४६ प्रतिशत ढाकेको वन क्षेत्रलाई कायम राख्दै थप बिस्तारमा टेवा पुग्ने योजनाका साथ अघि बढ्न जरुरी रहेको बताएका हुुन।

उपराष्ट्रपति यादवले पछिल्लो समय तराईरमधेसमा पानीको सतह निकै तल गएको, पानीको स्रोतहरु सुक्दै जानु चिन्ताजनक अवस्था रहेको बताए। उक्त क्षेत्र मरुभूमिकरण हुने अवस्थामा पुग्न समय नलाग्‍ने जिकिर गरेका छन।

अध्यादेश फेस गर्न कांग्रेस र एमालेले लगाए ह्‌वीप

२०८१,११,२

सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन्। उक्त दिन अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलले सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन्। सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश अघि बढाउने तयारीमा सत्तारूढ दलहरू छन्। भूमिसम्बन्धी अध्यादेशमा भने विपक्षी दलले मात्र नभई सत्ता साझेदार लोसपा र सरकार समर्थित दल जसपा नेपालले साथ नदिएपछि सरकार पछि हटेको छ।

जसपा फकाउने अनेकन् प्रयास विफल भएपछि सरकारले अन्य पाँच अध्यादेश मात्र अघि बढाउन लागेको हो। भूमि अध्यादेश भने फिर्ता लिएलगत्तै विधेयक सदनमा लाने तयारीमा सरकार छ।

 

२२ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद,दुई जना भारतीय पक्राउ

फागुन २० मंगलबार ।
२२ केजी गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्याण्डबाट गाँजा लिएर आएका दुई जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बताएको छ ।

पक्राउ पर्नेमा माडातादोम थाधा भायालिल र ताजहाया कालारोता छन् । थाइ एयरको उडानमार्फत काठमाडौँ आएका एक जनाको साथबाट १२ केजी र अर्को आरोपीको साथबाट १० केजी गाँजा बरामद गरिएको जनाइएको छ ।

 

नेप्से ३० अंकले घट्यो, सबै सूचक राताम्मे

फागुन २० मंगलबार ।
मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । साताको तेस्रो दिन परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा झरेको हो । आज सबै समूहको शेयर घटेकोमा फाइनान्सर उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

यस्तै बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ ।आज सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

हिजो १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका २ करोड ६३ लाख कित्ता शेयर १२ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।

भूमिसम्बन्धी अध्यादेशमा पछि हट्यो सरकार, फिर्ता लिने तयारी

२०८१,११,२०

सरकार विवादित भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्ने तयारीमा पुगेको छ। हरतरहको प्रयासपछि पनि अध्यादेश पास हुनसक्ने अवस्था नबनेपछि फिर्ता गर्ने तयारीमा सरकार पुगेको हो। सरकारले संसद् अधिवेशनको मुखैमा विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो। तीमध्ये भूमिसम्बन्धी अध्यादेश भने भूमाफिया, दलाल र बिचौलिया पोस्ने गरी ल्याइएको भन्दै विपक्षीले मात्रै नभई सत्तासाझेदार र सरकार समर्थित दलले नै आपत्ति जनाउँदै आएका छन्।

अध्यादेश पास गर्न सरकालाई प्रतिनिधिसभामा कुनै समस्या नभए पनि राष्ट्रियसभाबाट अघि बढाउन सत्ता समर्थित जसपा नेपालको साथ अनिवार्य छ। तर उसलाई फकाउने प्रयास विफल हुनुका साथै सत्तामै रहेको लोसपालेसमेत साथ नदिएपछि फिर्ता लिने निष्कर्षमा सरकार पुगेको हो।

 

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौँ ,अर्थमन्त्री

२०८१,११,२०

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० ९बाफिया० र धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१ संसदबाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितोपत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताएका छन।

अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधनउपर छलफल भएको छ।

श्रमिकलाई न्यूनतम तलब नदिनेलाई कारबाही हुन्छ, प्रधानमन्त्री

२०८१,११,२०

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टद्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलब पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताएका हुुन ।

श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुनसक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए। मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग्रह गर्दै व्यवस्था परिवर्तनपछि विकासको क्रम बढेको स्पष्ट गरेमा छन।

हिमालहरु पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरेका छन।

थापाथली सडकमा ५ लाख लिटर पानी खेर गयो

२०८१,११,२०

काठमाण्डौको थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा झन्डै ५ लाख लिटर पानी खेर गएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिनुभयो ।

पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रूपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उहाँले बताउनुभयो । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताउनुभयो । पाइप खरिद गर्दा ुथर्ड पार्टी इन्स्पेक्शनु गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ ।

थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामा झैं पानी वितरण गरिने प्रवक्ता राईले बताउनुभयो । यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ ।

खानेपानीसँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ ।

 

चिकित्सक र नर्सको तलब बढाउँछु,मन्त्री पौडेल

२०८१,११,२०

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५औँ स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एकैपटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताए।

चिकित्सक र नर्सहरुको पारिश्रमीक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्नेगरी सरकार अघि बढिरहेको बताए। श्रम ऐनले तोकेको पारिश्रमिक कम्तीमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाईका साथ लागू गर्नेगरी सरकार अघि बढिरहेको बताए। चिकित्सकहरूको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गरे। चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानुनी प्रबन्धहरु अघि बढाइरहेको बताएका छन।

 

सरकार संकटका पोका बोकेर हिँडेको छ,झलनाथ

२०८१,११,२०

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन्। मंगलबार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्। उनले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्‍योरु भनेर प्रश्नसमेत गरे। उनले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानूनहरु सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानून बनाउने कुरामा कसैको पनि अवरोध नगरेको उल्लेख गरे। उनले सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ। उनले अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टी अध्यादेशको समर्थन गर्न नसक्ने बताएका छन ।

सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताएका छन । उनले वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भीर आरोपपनि लगाए।

ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

२०८१,११,२०

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन्। ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गरेका हुन्। उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो।

आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने आयोजनाका प्रमुख अविनाशी सिग्देलले जानकारी दिए। आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजनाहरु सम्झौता भएर अलमलमा पर्ने गरेकामा उक्त आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन ।

उक्त कार्यक्रममा मन्त्री खड्कासँगै सांसद एवं पूर्वमन्त्री सुरेन्द्र आचार्य, सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो। उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ। आयोजनाको लागत रु १९ करोड रहेको छ।

 

अध्यादेश कुनै हालतमा पास हुन दिँदैनौँ, प्रचण्ड

२०८१,११,२०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइका सरकारले ल्याएको अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्। अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्।

नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। तर, सरकार अनेक हत्कण्डा अपनाएर पास गर्न लागिपरेको उनले बताएका छन।