समाचार | Page 298 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

समाचार

शिक्षण सिकाई प्रभावकारिताका लागि एक दिवसीय अभिमुुखिकरण कार्यशालाल सम्पन्न

२०८१,११,२१

शिक्षण सिकाई प्रभावकारिताका लागि एक दिवसीय अभिमुुखिकरण कार्यशालाल सम्पन्न भएको छ ।दुुद्यौली नगरपालिकाको समन्वय तथा श्री कमला माध्यामिक विद्यालय भलुुवाहीको आयोजनामा एक दिवसीय अभिमुुखिकरण कार्यशाला सम्पन्न भएको हो । दुुद्योली नगरपालिकाका नगर प्रमुुख दिनेश अधिकारीको प्रमुुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुको शिक्षण सिकाईलाई कसरी सरल, सहज र प्रभावकारिता बनाउन सकिन्छ भनेर कार्यक्रममको आयोजना गरिएको बताइएको छ ।

हतियार उठाएर हिंसा मच्याउनेले संविधान मास्न खोजेको आरोप लगाउने गरेका छन् : प्रधानमन्त्री

फागुन २१ बुधबार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताएका छन् ।बुधबार काठमाडौंमा मानवअधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताएका हुन् ।

मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको उल्लेख गरे । मानवअधिकारको पक्षमा बोले अमानवीय तवरले धम्की आउने गरेको भन्दै प्रधानमन्त्री ओलीले मानवअधिकारविरुद्धको असामाजिक क्रियाकपाल सह्य नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानवअधिकारको उल्लंघन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्त्व दिने धारणा राखे ।

नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थ रूपमा मानवअधिकार स्थापित हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उनको भनाइ थियो । नेपालले मुत्युदण्डको सजायको व्यवस्था नअपनाउने स्पष्ट गर्दै दोषका आधारमा कडाभन्दा कडा सजाय दिन सकिने बताए ।

 

ह्वाइट हाउसमा भएको घटना पश्चातापयोग्य : युक्रेनी राष्ट्रपति जेलेन्स्की

फागुन २१ बुधबार ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।ह्वाइट हाउसमा रहेको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि जेलेन्स्कीले अब कुरा मिलाउने समय आएको बताएका हुन ।

अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ह्वाइट हाउसमा भएको वादविवादलाई पश्चातापयोग्य भनेको बीबीसीले जनाएको छ ।जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहिलो चरणको प्रारूप समेत तयार पार्नुभएको छ ।

जसको पहिलो चरण बन्दीहरूको रिहाइ र हवाई युद्धविराम, क्षेप्यास्त्रहरूमा प्रतिबन्ध, लामो दूरीको क्षमताका ड्रोनमा रोक तथा ऊर्जा र अन्य गैरसैनिक पूर्वाधारहरूमा बम आक्रमण रोक्ने हुन सक्ने उल्लेख छ ।रुसले पनि त्यसको पालना गरे त्यसलगत्तै समुद्रमा पनि युद्धविराम गर्न सकिने जेलेन्स्कीले उल्लेख गरेका छन। उनले भविष्यमा दुई देशबीच हुने सहकार्य र सञ्चार रचनात्मक हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

अमेरिका भ्रमणका क्रममा हुन नसकेको खनिज सम्झौता गर्न पनि युक्रेन तयार रहेको उनले दोहोर्‍योएकन छन । आफ्नो पोस्टमा जेलेन्स्कीले अमेरिकाले आफ्नो देशलाई दिएको सहयोगबारे स्पष्ट शब्दमा कृतज्ञता पनि व्यक्त गरेका छन ।गएको शुक्रवारको बैठकमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति कृतज्ञ नभएको आरोप जेलेन्स्कीलाई लगाएका थिए ।जेलेन्स्कीको पोस्टबारे प्रतिक्रिया दिँदै बेलयातका प्रधानमन्त्री सर किअर स्टार्मरले शान्ति स्थापित गर्ने दृढ प्रतिबद्धता भएको बताएका छन । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनि ट्रम्पसँग पुनः वार्तामा बस्ने जेलेन्स्कीको चाहनाको प्रशंसा गरेका छन ।

यसअघि ट्रम्प र जेलेन्स्कीको विवादपछि युरोपेली नेताहरू युक्रेनको पक्षमा उभिएका थिए । जेलेन्स्कीको वक्तव्यमा ट्रम्पसँग क्षमायाचना भने गरिएको छैन । अमेरिकी राष्ट्रपतिका निकट व्यक्तिहरूले जेलेन्स्कीले माफी माग्नुपर्ने बताउँदै आएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै जेलेन्स्कीको पत्र प्राप्त भएको र युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताउनुभएको छ । ट्रम्पले जेलेन्स्कीको पत्र पढ्दै युक्रेन दिगो शान्तिका लागि चाँडै वार्तामा बस्न तयार भएको बताएका हुन ।

 

प्रतिनिधिसभाबाट दोस्रो अध्यादेश पनि स्वीकृत

२०८१,११,२१

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश पारित भएको छ। बुधबारको बैठकमा प्रस्तुत उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो। त्यसअघि रास्वपा सांसद डा . स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृत होस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसका मुख्य तीन कारण सुनाउँदै उनले भने, ‘प्रक्रियागत त्रुटि, शासकीय अवैधता र संस्थागत अनुत्तरदायित्व।’

अध्यादेश स्वीकृत हुन नहुने पक्षमा अन्य विपक्षी दलहरूले पनि मत व्यक्त गरे। त्यसक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री विष्णु पौडेलले दिए। अर्थमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै सांसद लाग्लेले विरोधको सूचना फिर्ता नलिने अडान राखेपछि निर्णयार्थ प्रस्तुत गरिए पनि बहुमतबाट अस्वीकृत भयो।

विरोधको सूचना अस्वीकृत भएपछि अध्यादेश स्वीकृतिका लागि सभामुखले निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि बहुमतबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत भएको हो।

कुलमानलाई हटाउन मैले कुनै चलखेल गरेको छैन, मन्त्री खड्का

२०८१,११,२१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्। तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताएका छन।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरेका छन।

 

अरू कुरा जान्दैनौँ, कुलमान हटाए मान्दैनौँ , प्रतिपक्ष दलहरू

२०८१,११,२१

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन खोजेपछि संसद्‌मा विपक्षी दलहरूले एक स्वरमा सरकारलाई खबरदारी गरेका छन्। माओवादी केन्द्रले उनलाई नहटाउन चेतावनी दिएपछि त्यसमा रास्वपा र राप्रपाले पनि समर्थन जनाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्राधिकरण प्रमुख घिसिङलाई नहटाउन चेतावनी दिएका थिए । त्यसपछि धारणा राखेका रास्वपा सांसद मनिस झाले पनि सरकारलाई खबरदारी गरेका हुुन । कुलमानलाई हटाउने प्रपञ्चबाट सरकार पछि नहटे सदन र सडकबाट पनि ठूलो आवाज उठ्ने चेतावनी सांसदहरुले चेतावनी दिएका छन ।

 

 

अमेरिकाबाट फर्काइएका नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइयो

फागुन २१ बुधबार ।

अमेरिकाबाट बुधवार डिपोर्ट भएर काठमाडौं ल्याइएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको छ ।मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्‍याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको हो ।

डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन् । यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् । प्रहरी उच्च स्रोतका अनुसार डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन् ।

उनीहरुको थप पहिचान खुलाइएको छैन ।बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो ।उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।

चितवनमा वन्यजन्तुकाे आक्रमणबाट ६ महिनामा १० जनाकाे ज्यान गयाे

फागुन २१ बुधबार ।
चितवनमा वन्यजन्तुको आक्रमणमा परी ६ महिनामा १० जनाको ज्यान गएको छ । गएको साउनयता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट १० जनाको ज्यान गएको हो ।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैंडाको आक्रमणबाट ८ तथा हात्ती र बाघको आक्रमणबाट १र१ जनाको ज्यान गएको हो ।

यो आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट १२ र हात्तीको आक्रमणबाट २ जना घाइते भएका हुन् ।निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने गरेको छ । यस्तै घाइतेको उपचारका लागि दुई लाख रुपैयाँसम्म सरकारी अस्पतालको उपचार खर्च बेहोर्ने गरेको छ । अहिलेसम्म ९४ लाख ६१ हजार ९ सय ३१ रुपैयाँ राहतस्वरूप प्रदान गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो ।

राहतस्वरूप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ ।मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा वर्षेनि जङ्गली जनावारको आक्रमणका कारण अकालमा ज्यान गुमाउनुपरेको थापामगरको भनाइ छ । उहाँका अनुसार निकुञ्जभित्र वन्यजन्तुको वासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्न सकिन्छ ।

 

हामीले शहीदका अधुरा सपना पूरा गर्नुपर्छ , सभामुख घिमिरे

२०८१,११,२१

सभामुख देवराज घिमिरेले शहीदहरुको अधुरो सपना पूरा गर्नुपर्ने चुनौती रहेको बताएका छन्। बुधबार काठमाडौंमा सुखानी आन्दोलनका शहीदहरुको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भए पनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतीहरू देखिएको बताएका छन। शहीदहरुको बलिदानलाई खेर जान दिनु नहुने बताए। शहीदहरुको अधुरो सपना साकार पार्न अहिलेका पिँढीले काम गर्नुपर्ने बताएका हुुन ।

मधेसका मुख्यमन्त्रीसँग रिसायो कांग्रेस, नौटंकी नगर्न दियो चेतावनी

२०८१,११,२१

नेपाली कांग्रेस मधेसले मुख्यमन्त्री सतिशकुमार सिंहसमक्ष विभिन्न २९ बुँदे प्रश्न तेर्स्याएको छ। मुख्मन्त्रीले मधेसमा निकै स्टण्टबाजी चलाएर चर्चा बटुल्न खोजेको भन्दै कांग्रेस मधेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। मुख्यमन्त्री सिंह विकास निर्माणबाट आम नागरिकको ध्यान दिग्भ्रमित बनाउनमा तल्लिन रहेको आरोप गुप्ताको छ। उनले प्रदेशमा भइरहेका विकास निर्माणका काममा भइरहेका ढिलाइ, जनताहरूलाई भइरहेको सास्ती, तस्करहरूको हालिमुहाली बढ्नु तथा बिचौलिया र भ्रष्टहरू सलबलाइरहँदा त्यसलाई रोक्न वर्तमान मुख्यमन्त्री असफल भएको आरोप पनि लगाएका छन्। आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका सिंह गठबन्धनको धर्मलाई निर्वाह नगरी आफ्नै पार्टीका मन्त्रीद्वारा आर्थिक लेनदेन गरेर योजनाहरू वितरण गर्नेलाई कारबाही नगरी उन्मुक्ति दिएको आरोपसमेत कांग्रेसले लगाएको छ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सि‌ंहले कानुनी रूपमा दर्ता नभएका अस्पतालहरू बन्द गराउने अभियान चलाएका छन् । जसलाई सत्ता साझेदार कांग्रेसले सस्तो लोकप्रियता कमाउने नौटंकीु भनेको छ।

सुनचाँदीको मूल्य बढ्यो

२०८१,११,२१

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो। मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदै छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

ओलीलाई ‘अराजक’ प्रश्न सोधेको भन्दै दुई पत्रकारको संसद पास निलम्बन

फागुन २१ बुधबार ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्ने २ पत्रकारको संसद पास निलम्बन गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् परिसरभित्र गलत शब्द प्रयोग गरेर प्रश्न गरेको भन्दै संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको हो ।

महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो ।संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ ।

सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।संसद सचिवालयको अनुसार एक महिनालाई संसद प्रवेश पास निलम्बन गरिएको छ ।

 

नेपालका माओवादीहरूले जनयुद्ध बेचेर खाइसके, मन्त्री गुरुङ

२०८१,११,२१

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताएका छन।

उनले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताएका हुुन । २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएकोउनको भनाई छ । शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि भएको जिकिर समेत गरे ।

अमेरिकाको गाजा पुनर्निर्माण योजनाको विकल्पका रूपमा अरब योजना स्वीकृत

फागुन २१ बुधबार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पुनर्निर्माण योजनाको विकल्पका रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै अरब योजना स्वीकृत गरेका छन् ।अमेरिकी राष्ट्रपतिले गाजालाई अमेरिकी नियन्त्रणमा लिने र गाजा पुनर्निर्माणका लागि झण्डै २० लाख प्यालेस्टाइनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गर्नुभएको थियो । ट्रम्पको यो योजनालाई अरब राष्ट्रहरूले पूर्ण रूपमा अस्वीकार गरेका बीबीसीले जनाएको छ ।

अरब लिगका महासचिव अहम अबुल घैथले अरब योजना घोषणा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पको योजना उल्लेख नै नगरि स्वैच्छिक वा जबरजस्ती कुनै पनि प्रकारको विस्थापन अस्वीकार गर्ने अडानलाई दोहोर्‍याउनुभएको छ ।

इजिप्टले ९१–पृष्ठको विस्तृत योजना प्रस्तुत गरेको छ जसमा हरियो क्षेत्र र ठूला सार्वजनिक भवनहरूको योजना समावेश छ । झण्डै डेढ वर्ष लामो हमास–इजरायल युद्धमा गाजा पट्टीका ९० प्रतिशत घर, भवन र सार्वजनिक ठाउँ ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको अनुमान छ ।

मर्मत गरियो थापाथलीमा फुटेको मेलम्चीको पाइप

फागुन २१ बुधबार ।
काठमाडौंको थापाथली चोकनजिक मंगलबार बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतको कार्य आज बिहान सकिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको टोलीले थापाथली चोकबाट नर्भिक अस्पताल जानेतर्फको सडकमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत पूरा गरेको हो ।

फागुन २० बिहान करिब ५ः२० मेलम्चीको थोक वितरणतर्फको पाइप फुटेको थियो ।थापाथली क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने क्रममा पाइपमा चोट लाग्दा फुटेको खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको थियो । आपसमा समन्वय नगरी प्राधिकरणले काम गरेको केयूकेएलको आरोप छ ।

मंगलबार बिहानै पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथलीको सडकमा पाँच लाख लिटर पानी खेर गएको थियो ।गएको माघ ३० गते बबरमहलमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यति बेला पनि प्राधिकरणकै कमजोरीका कारण पाइप फुटेको जनाइएको थियो ।

 

अमेरिकाबाट निकालिएका नेपाली लिएर आएको विमान काठमाडौँ आइपुग्यो

फागुन २१ बुधबार ।

अमेरिकामा अवैधानिक रुपमा बसिरहेका १० जना नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको हो। ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो ।अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो ।

यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । नेपालमै छोडिदिएको भने यो पहिलो घटना हो ।नेपालीलाई छोड्न आएको विमानले नेपालबाट केही अमेरिकी नागरिक लिएर जानेछ ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाल्ने क्रमले तीव्रता पाएको हो ।नेपालसँग भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई समेत अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।