समाचार | Page 297 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

समाचार

थाइल्यान्डमा अलपत्र २० नेपालीलाई उद्धार गरी नेपाल फर्काइयो

फागुन २३ शुत्रबार ।
भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश फर्काइएको छ ।बैंककमा रहेको राजदूतावासले उनीहरुलाई स्वदेश पठाएको हो ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा भारतको नयाँ दिल्ली हुँदै उनीहरुलाई थाइल्याण्ड पुर्‍याइएको थियो । थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फर्काएको हो ।

साथै दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने उदेश्यले कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा वैदेशीक रोजगारीमा नजान समेत अनुरोध गरेको छ ।

११ औं वार्षिक उत्सव सम्पन्न

२०८१,११,२३

काठमाडौ शिक्षालयको ११ औं वार्षिक उत्सव मध्य बानेश्वरमा सम्पन्न भएको छ । व्यवहारिक शिक्षा र नेपालमै टिक्न र बिक्न सक्ने मुल उदेश्यका साथ वार्षिक उत्सव सम्पन्न भएको हो । वार्षिक उत्सव कार्यक्रममा वर्षभरीको विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थी भाईबहिनीलाई संम्मान गरिएको छ । कक्षा एक देखि ९ सम्मका विद्यार्थाीहरुले कला कौशल प्रस्तुुत गरेका थिए । सामुहिक प्रस्तुुती दिएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि संम्मान गरिएको काठमाडौ शिाालयले जनाएको छ । विद्यार्थीहरुले सांस्कृति झल्कने पुुर्वदेखि पश्चिमसम्मका ऐतिहासिक परम्परागत नृत्य, गायन तथा नाटक प्रर्दाशन गरेका थिए । जसका आधारमा उनीहरुलाई सम्मान गरिएको स्कुललका अध्यक्ष प्रकाश राज पाण्डेले जानकारी दिनुुभयो ।
कार्यक्रममा काठमाडौ महानगरपालिकाका वडा नं ३१ का वडा अध्यक्ष सरोज ढकालको प्रमुख आतिथ्य तथा काठमाडौ शिक्षालयका अयक्ष प्रकाश राज पाण्डेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा धन्यवाद मन्तव्यका लागि उपप्रध्यानाध्यापक जुुलन लामा तथा स्वागत मन्तव्यमा प्रशासकिय निर्देशक हरी खनालले गर्नुभएको थियो ।

बेरोजगार भयौं भनेरमात्र भएन, आफैं रोजगारी सिर्जना गर्न लाग्नुस् : प्रधानमन्त्री

फागुन २३ शुत्रबार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीहरूका अभिभावकको लगानी, सपना, अपेक्षा सबै पूरा भएको बताएका छन्।

उनले भने, ‘दीक्षित हुने सबै योग्य विद्यार्थीका अभिावकहरूका लागि खुसीको दिन हो। तपाईँहरूको लगानी, सपना, अपेक्षा सबै पूरा भएका छन्। यस अवसरमा तपाईँहरूलाई बधाइ दिन चाहन्छु। तपाईँहरूरुका छोरा छोरीहरुहरू थप ज्ञानी, लगनशील र राष्ट्रभक्ति बनून्।’उनले हरेक अभिावकहरूले चाहना आफ्ना सन्तानहरूको सफलता रहेको बताउँदै त्यस सफलता हासिल गर्ने सबै विद्यार्थीहरूलाई पनि बधाइ दिए।

शुक्रबार भएको तेस्रो दीक्षान्त समारोहमा तीन व्याजका ३ हजार ८ सय ४१ जना विद्यार्थीहरू दीक्षित भए।प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालय कर्णालीको ऐतिहासिक, पुरातात्विक भूमिमा रहेको देशकै महत्त्वपूर्ण विश्वविद्यालय भएको बताए। उनले भने, ‘खस सभ्यताको जननी हो कर्णाली। राजनीतिक सीमानाका महाकाली भए पनि खस सभ्यताका हिसाबले कर्णाली विश्वकै आकर्षणको केन्द्र हो।

यहाँ जडिबुटीको भण्डार छ। यो जडिबुटी के मा प्रयोग हुन्छ त्यो अनुसन्धान गर्न बाँकी छ। त्यसैको अध्ययनका लागि पनि यो विश्वविद्यालयको महत्त्व छ। यो विश्वविद्यालयले कर्णालीमा योग्य शैक्षिक जनशक्ति उत्पादनमा ठूलो दायित्व बोकेको छ।’ उनले विद्यार्थीहरूले आफू केमा अगाडि बढ्न सक्छु भन्ने लागेको छ त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘हामी बेरोजगार भयौं भनेरमात्र हुँदैन। आफैं रोजगारी सिर्जना गर्न लाग्नुस। विश्वविद्यालयले तपाईँलाई ज्ञान हासिल गर्न सहयोग गरिसक्यो। अब तपाईँहरूले आफूले सिकेको ज्ञानलाई व्यवहारिकरूपमा उतार्न कोसिस गर्नुस्। सरकार तपाईँहरूको साथमा छ। तपाईँहरूको प्रयासमा हामी साथ दिनेछौं।’

अमेरिकाले मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित

फागुन २३ शुत्रबार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सबै समानहरुमा लागू गरिने करलाई एक महिनाको लागि स्थगित गरेकाा छन ।उनले हिजो कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित गर्नुभएको हो ।

ट्रम्प प्रशासनको निर्णयले आर्थिक योजनाअन्र्तगत ठूलो परिवर्तन गरेको जसले गर्दा बजार, व्यवसाय र उपभोक्ताहरूलाई असर गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबामबीच हिजो भएको छलफलपछि कर नीति लागू गर्न स्थगित गरिएको खबरमा उल्लेख छ ।

क्यानडाका प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पबीचको टेलिफोन वार्ता र क्यानडाका अधिकारीहरू र ट्रम्प प्रशासनबीच भएको कुराकानीको आधारलाई पनि कर लागू गर्ने निर्णय पछि धकेलिएको अनुमान छ ।यसैबीच यसअघि अमेरिकाले उच्च कर लगाएपछि क्यानडा, मेक्सिको र चीनले पनि करको बदला कर भन्दै कडा प्रतिक्रिया दिइरहेका छन् ।

यस्तो कर युद्धले विश्व अर्थतन्त्रमा असर पार्ने सङ्केत देखिएको छ भने वित्तीय बजार पनि अस्थिर भएका विज्ञहरुले बताएका छन् ।अमेरिकी शेयर बजारमा गिरावट देखिएको छ भने एशियाली बजार पनि अस्थिर बनेका खबरमा उल्लेख छ ।

 

प्रधानमन्त्रीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

फागुन २३ शुत्रबार ।
फागुन २७ गते कोशी प्रदेशसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आज बसेको प्रदेश सरकारको‌ मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो।

कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने छ ।

त्यस्तै प्रदेशमा आएका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालयमा कामकाज गर्न खटाउने र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै कामकाजमा खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबिच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ। त्यस्तै कोशी पर्यटन वर्ष को लागि विनियोजित गरेको रकमको स्रोतगत बाँडफाँड गर्ने निर्णय समेत गरेको छ।

उदयपुरको गाईघाटमा गाडीको ठक्करबाट दिदीबहिनीको ज्यान गयो

फागुन २३ शुत्रबार ।
उदयपुर सदरमुकाम गाईघाटमा त्रियुगा बसपार्क जाने सडक खण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको ज्यान गएको छ ।
गाडीको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको ज्यान गएको हो ।

हिजो बेलुका प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको गाडीले डीएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।ठक्कर दिने गाडी हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीको भनाइ छ । चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

 

पोखरामा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

फागुन २३ शुत्रबार ।
मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ ।पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको हो ।

झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् ।मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो ।सोही भूमिपुजन महानगरले रोक्न खोजेको हो ।

महानगरले अनुमतिबेगर लेकसाइडमा भूमिपुजन गर्न लागेको भन्दै रोक्न नगर प्रहरी खटाएको थियो । मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपुजन थालेको महानगरले जनाएको छ ।भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी खटाइएको थियो । सोही क्रममा भण्डारीका समर्थक आक्रोशित बनेका थिए ।

 

 

डडेल्धुरामा गृहमन्त्रीद्धारा भुुकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

२०८१,११,२३

गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन्। गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुुन ।

अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी आभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरेका छन । उनले डोटी भूकम्प गएको डेढ बर्षबितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको बताउँदै आफूले बितेको सात महिनामा पुर्ननिर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिएका छन ।

 

एसईई विद्यार्थीलाई एक दिने अभिमुुखीकरण कार्यशाला गोष्ठी सम्पन्न

२०८१,११,२३

एसईई परिक्षालाई मध्यनगर गरि एक दिने अभिमुुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । श्री सरस्वती माध्यामिक विद्यालय डकाहाको आयोजना तथा दुुद्यौली नगरपालिकाको समन्वयमा सो कार्यशाला डकाहा वठा नं ४ मा सम्पन्न भएको हो । कक्षा १०का विद्यार्थाी भाइबहिनीहरुको लागि शिक्षण सिकाई र परिक्षाको प्रभावकारीताका लागि सो कार्यक्रमको आयोजना गरिएको हो । एक दिने अभिमुुखीक्रण कार्यशाला गोष्ठीमा श्री भानुु माध्यामिक विद्यालय पचरुखी र श्री राष्ट्रिय माध्यामिक विद्यालय कालापानीका एसईई दिने विद्यार्थी भाइबहिनीहरुलाई शिक्षण सिकाई र परिक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा
अन्र्तक्रिया समेत गरिएको छ ।
आगामी चैत्र ७ गतेदेखि सञ्चालन हुुने एसईईमा उच्च अंक ल्याउले तथा राम्रो जिपिए सहित उर्तिर्ण गर्ने,गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको दुुद्योली नगरपाका नगर प्रमुुख दिनेश अधिकारीले जानकारी दिनुुभयो । दुुद्यौली नगरका नगर प्रमुुखको प्रमुुख आतिथ्य तथा श्री सरस्वती माध्यामिक विद्यालयमा डकाहाको अजाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विषमलाल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यंक्रममा शिक्षा सहजकर्ता कमल सिलवाल लगायतका विषय विज्ञहरुको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री ओलीको सुर्खेत तालिका, प्रदेशसभालाई विशेष सम्बोधनदेखि रंगशाला निरीक्षणसम्म

२०८१,११,२३

प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै हुुनुुहुन्ट । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन ओली सुर्खेत जान लाग्न्ुुभएको हो । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार ओली आज बिहान ११ बजे सुर्खेत पुग्ने कार्यक्रम रहेको छ। ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन्।

 

चण्डको पूर्वराजालक्षित टिप्पणी-सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुनेछन्

फागुन २२ बिहिबार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दैनेपाली जनताको बलबाट हटाइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने बताएका छन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत महोत्तरीको सम्सी गाउँपालिकामा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको बताए।उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए।

अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु हो,’ उनले भने, ‘पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो हुँदैन।’
कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने उनले बताए।

आज पनि शेयर बजार घट्याे

फागुन २२ बिहिबार ।
शेयर बजार लगातार चौथो दिन घटेको छ । यो हप्ताको आइतवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसयता घटिरहेको छ ।गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज २.७० अंकको गिरावटपछि दुई हजार ८१८.४३ को विन्दुमा कायम भएको हो ।आज तीन सय १० कम्पनीको एक करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर ९३ हजार ८९५ पटक खरिद–बिक्री हुँदा रु. १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ ०.०३, विकास बैंक १.८६, उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त ०.०५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।वित्त १.२३, होटेल तथा पर्यटन ०.५७, जलविद्युत् ०.०६, लगानी ०.१४ र जीवन बिमा ०.८० प्रतिशतले घटेको छ । त्यस्तै, म्युचुअल ०.१८, निर्जीवन बिमा ०.०४, व्यापार ०.२४ र अन्य समूह ०.७१ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने नबिल डिबेन्चर–२०८२ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु। एक अर्ब १२ करोड ८३ लाख ६२ हजारबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको १० लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।

लोडसेडिङ कुलमान घिसिङका कारण अन्त्य भएको होइन : ऊर्जामन्त्री

फागुन २२ बिहिबार ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिनुपरेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताए।

समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्राचार गर्दा कुलमानले आफैंलाई नम्बर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे।मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानुनभन्दा माथि कोही हुन नसक्ने बताए। आफू मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भए पनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए। उनले प्राधिकरणले उठाउन नसकेको वक्यौतालाई आधार मानेर नाफा देखाएको तर्क गरे।

प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक(पटक निर्णय भए पनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलब्ध नगराएको आरोप लगाए। मन्त्री खड्काले प्रक्रिया नै पूरा नगरी भारतसँग विद्युत् खरिदको सम्झौता गरेको जिकिर गरे। उनले कुलमानका कारण नभइ भारतबाट सहजरूपमा विद्युत् आपूर्तिका साथै मुलुकमा विद्युत् आयोजनाबाट थप उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए।

 

ठेक्का लागेको ८ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

फागुन २२२ बिहिबार ।
काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ ।

सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३र०७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती ब्यहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

हालसम्म पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’ र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङ सकिएको छ । निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक काम सकिएको दावी गर्दै आएको छ ।दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँ पुल बनेमा निकै सजिलो हुने थियो,’ स्थानीयवासी रामप्रसाद तिमल्सिनाले भने ।

निर्माण व्यवसायी खड्ग गोपालीले सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताए ।बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।

महाभारत, खानिखोला र बागमती गाउँपालिकाको टोलीले बुधबार मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।सो अवसरमा मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई उक्त पुललाई चाँडो सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिए । उनका अनुसार मन्त्री मास्कले आपूmले प्रदेशका रुग्ण योजना पहिचान गरी २९ वटालाई गति दिएको र तीन योजना सम्पन्न भएको बताए ।

ड्राइभिङ लाइसेन्स’ लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी’

फागुन २२ बिहिबार ।
सरकारले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने न्यूनतमउमेर बढाउने तयारी गरेको छ ।अन्तिम चरणमा रहेको सवारी तथा यातायात ऐन संशोधनको मस्यौदामा सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने न्यूनतम उमेर दुई पाङ्ग्रे र तीन पाङ्ग्रेका लागि दुई वर्ष, चार पाङ्ग्रेका लागि तीन वर्ष र ठूला सवारीको हकमा दुई वर्ष थप उमेर चाहिने बनाइएको हो ।

पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याउने प्रस्ताव गरेको हो । यस्तै अहिले १८ वर्षमा लिन पाइने मझौला गाडीको चालक अनुमतिपत्रका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रस्ताव छ ।मन्त्रालयको अनुसारअहिले २१ वर्षमा लिन पाइने ठूला गाडीको चालक अनुमतिपत्रका लागि २३ वर्ष प्रस्ताव गरेको  हो ।

किशोर तथा युवा समूहका व्यक्तिले चलाएका गाडी दुर्घटनामा धेरै परेको पाइएपछि उमेर बढाउन प्रस्ताव गरेको उहाँको भनाइ छ ।काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गएको साउनदेखि फागुन १९ गतेसम्म ६ हजार ८ सय ३४ जना चालकबाट गाडी दुर्घटना भएकामा झन्डै एक तिहाइ अर्थात् २ हजार २ सय जना चालकको उमेर १६ देखि २५ वर्ष छ ।

सबैभन्दा कम दुर्घटना ४१ वर्षभन्दा बढी उमेरका चालकबाट भएको पाइन्छ ।सरकारले ६० वर्षभन्दा माथिको उमेर पुगेका व्यक्तिले ठूला र मझौला गाडी चलाउने अनुमतिपत्र नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ । यस्तै मन्त्रालयले कम्तीमा कक्षा ८ उत्तीर्ण भएकालाई मात्रै चालक अनुमतिपत्र दिने प्रस्ताव पनि गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा दुई पाङ्ग्रे गाडीको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम पनि प्रस्ताव गरिएको छ

सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी

फागुन २२ बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिएका छन ।उनले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा हमासको कोही पनि सदस्य सुरक्षित नहुने भन्दै चेतावनी दिएका हुन ।

ह्वाइट हाउसले बन्धकहरूको बारेमा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासलाई चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।ह्वाइट हाउसकी प्रेश सचिव क्यारोलिन लेभिटले बन्धकहरूको रिहाइ सुनिश्चित गर्न अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेका हुन ।

आतंकवादी सङ्गठनको रूपमा सूचीबद्ध संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क नराख्ने अमेरिकी नीति अनुसार अमेरिका अहिलेसम्म विद्रोही समूहसँग प्रत्यक्ष संलग्न भएको छैन । तर पछिल्लो समय अमेरिकाले हमासलाई बन्धक रिहा नगरे ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिइरहेको छ ।उनले बन्धकहरुलाई तत्काल रिहा गर्न र हत्या गरिएका मानिसको सबै शव तुरुन्तै फिर्ता गर्न हमासलाई आग्रह गरेका छन ।

ट्रम्पले गाजामा इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम अन्तर्गत रिहा भएका बन्धकहरूको समूहसँग भेट गरेपछि उनको धम्कीपूर्ण प्रतिक्रिया आएको हो ।ट्रम्पले यसअघि गएको डिसेम्बरमा पनि ट्रम्पले आफूले पदभार ग्रहण गर्ने समयसम्म बन्धकहरूलाई रिहा गरिएन भने राम्रो नहुने भन्दै धम्की दिएका थिए । अमेरिका, इजिप्ट र कतारले गाजामा इजरायल र हमासबीच युद्धविराम मध्यस्थता गर्ने वार्तामा प्रमुख भूमिका खेलेका थिए ।