समाचार | Page 300 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

समाचार

गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको छ, राष्ट्रपति

२०८१,११,२०

राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरुमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन्। मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशका दूरदराजहरुमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष,विज्ञ चिकित्सकहरुको सेवा पुर्‍याउनु आवश्यक रहेको उल्लेख गरेका छन।

उनले सबैलाई आफ्नो—आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन आह्वानसमेत गरे। राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताए। उनले ठूलो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको पनि बताएका छन

 

राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भूमिका अझ प्रभावकारी रहने विश्वास व्यक्त गरेका हुुन।

 

१४ सय रूपैयाँले बढ्यो सुनको भाउ

फागुन २० मंगलबार ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँ कायम छ ।

सोमबार ९फागुन १९० छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार, प्रतिनिधि सभामा ५ अध्यादेश पेश हुँदै

फागुन २० मंगलबार ।
सरकारले भूमि सम्बन्धीबाहेकका अन्य ५ वटा अध्यादेश प्रतिनिधि सभाको भोलि फागुन २१ गतेको बैठकमा पेश गर्ने भएको छ । आर्थिक गतिविधि वृद्धि गर्ने र अर्थतन्त्र चलायमान गर्न सहज हुने ५ वटा अध्यादेश संसदका दुवै सदनमा पेश हुने भएका हुन् ।सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । भूमि सम्बन्धी अध्यादेशमा भने जसपा नेपालले असहमति जनाएका कारण अझै थप छलफल गरेर प्रतिस्थापन विधेयक ल्याउने वा अन्य उपायबारे थप छलफल भइरहेको छ ।

भोलि प्रतिनिधिसभा बैठक बस्दै छ । आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषय कार्यसूचीमा राख्ने तयारी गरेका छौँु बर्तौलाले भने । जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमि सम्बन्धी अध्यादेश कुनैपनि हालतमा नस्विकार्ने प्रस्ताव पेस गरिएको थियो । सत्तारुढ लोसपा पनि यस अध्यादेशमा सहमत नभएपछि सरकार पछि हट्न बाध्य भएको हो ।

 

युक्रेनलाई दिँदै आएको सैन्य सहायता अमेरिकाले रोक्यो

फागुन २० मंगलबार ।
अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन् ।तीन वर्ष अघि रूसले युक्रेनमा पूर्ण रुपमा आक्रमण शुरु गरेदेखि नै अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरुद्धको गतिविधिप्रति अमेरिका भित्रै विरोध भइरहेको छ । पूर्व राष्ट्रपति जो बाइडेनको नेतृत्वको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्व निर्देशक माइकल कार्पेन्टरले युक्रेनलाई सैन्य सहायता रोक्नु आश्चर्यजनक कदम भएको बताएका छन ।

युक्रोन पीडित रहेको स्पष्ट हुँदाहुँदै पनि रुसबाट हुने आक्रमणबाट जोगिन र आफ्नो भूमिको रक्षा गर्न यसले चाल्ने कदममा अमेरिकाले रक्षात्मक सहयोग गर्नुपर्नेमा उल्टो सहयोग कटौती गर्नु अचम्मको कुरा भएको उनको प्रतिक्रिया छ ।

यसअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य हुने कुरा धेरै टाढा रहेको बताएकामा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रोनको आलोचना गरेका थिए ।यसैबीच बेलायतका प्रधानमन्त्री केयर स्टारमरले युद्ध अन्त्य गर्न र रूसबाट युक्रेनलाई जोगाउन युरोपेली देशसँग छलफल गरेर चार–बुँदे योजना घोषणा गरेका थिए । तर युरोपेली नेताहरूले अमेरिकी सहयोगविना युक्रेनमा शान्तिको सुनिश्चितता गर्न नसकिने सुझाव दिएका छन् ।

असल अभिभावक कार्यक्रम सम्पन्न ।

२०८१,११,२०

सिन्द्युली जिल्ला अवस्थित दुुद्यौली नगरपालिकाको आयोजनामा असल अभिभावक अभिमुुखि कार्यक्रम सम्पन्न भएको छ । अभिभावक , शिक्षक, विद्यार्थी तथा विद्यालयको सम्बन्धलाई सुुमधुुर बनाउन असल अभिभावक कार्यक्रम सम्पन्न गरिएको दुुद्यौली नगरपालिकाले जनाएको छ । नगरका प्रमुुख दिने अधिकारीको प्रमुुख उपस्थितीमा अभिभावक संग अन्र्तक्रिया गरिएको हो । असल अभिभावक कसरी बन्ने र बनाउने नगरपालिकाको प्रमुुख उद्धेश्य अनुसार कार्यक्रम गरिएको हो । दुुद्यौली नगरपालिका वडा नं ८ स्थित श्री सरस्वती मा. वि शंखटार स्कुलमा असल अभिभाकत्व शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अभिभावक , शिक्षा सहजकर्ता श्री कमला सिलवाल लगायत अभिभावहरुको सहभािगतामा कार्यक्रम सम्पन्न भएको हो ।

आज दुई संसदीय समितिको बैठक बस्ने

२०८१,११,२०

संघीय संसद्का दुई समितिको बैठक मंगलबार बस्ने भएको छ। प्रतिनिधिसभाका एक र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको हो। अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ। बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ मा पानीजहाज कार्यालयका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजे बस्नेछ।

०८४ चुनावमा कांग्रेसको बहुमत नआए पनि सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ, शेरबहादुर देउवा

२०८१,११,१९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिएका छन्। सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले कांग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताए।

उनले पहिलेभन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिए। नेताहरुबीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन। सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताएका छन ।

 

पूर्वयुवराज पारस शाह बिरामी, नर्भिकमा उपचार हुँदै

२०८१,११,१९

पूर्वयुवराज पारस शाहलाई हृदयाघातको लक्षण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको पूर्वाराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणी पाठकले जानकारी दिए। पाठकले दिएको जानकारीअनुसार अहिले पारसलाई आइसियुमा राखेर उपचार भइरहेको छ। अस्पतालमा पूर्वरानी तथा पारसकी ममी कोमल राज्‍यलक्ष्मी बसेकी छन्।

अहिले पारसको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। पारसलाई योसहित चौथोपटक हृदयाघात भएको हो।

 

झडपपछि महेन्द्र मोरङ क्याम्पसमा सुरक्षा कडा

२०८१,११,१९

आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सुरक्षा कडाइका साथ दल दर्ता भई रहेको छ। सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ। गत बिहीबार नेविसंघका दुई खेमा बीच झडप भएपछि सम्भावित घट्ना हुन नदिन कडाइ गरिएको प्रहरीको भनाइ छ।

क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच कुटाकुट भएको थियो ।घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल तथा अर्का सदस्य आयुष दाहाल घाइते भएका थिए। स्ववियु सभापति जसवन्त पौडेल कांग्रेसको संस्थापन पक्षका हुन्। उनकै नेतृत्वमा रहेको समूह स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले पोखरेलमाथि कुटपिट गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो।

आक्रमण गर्ने समूह हातहतियारसहित कुटपिटमा उत्रिएको भए पनि प्रहरीले अहिलेसम्म घट्नामा संलग्न भएकालाई पक्राउ गरेको छैन।

 

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

२०८१,११,१९

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ। सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो। कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी छन्।

 

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको भेट

२०८१,११,१९

प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तरराष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्।

भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए। यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदै छ।

कांग्रेसका शीर्ष नेतासहित १६५ क्षेत्रीय सभापति भैरहवामा

२०८१,११,१९

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम हुँदैछ। प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू भैरहवा पुगिसकेका छन्। पहिलो दिन सोमबार सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम छ। प्रशिक्षणमा सहभागी हुन सभापति देउवा भैरहवा जान लागेको सचिवालयले जनाएको छ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार दुई दिन चल्ने प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा पगिसेको छन। प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुनेछ।

प्रशिक्षणका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि आजै भैरहवा पुग्ने जनाइएको छ। गृहमन्त्री रमेश लेखक पनि भैरहवा जाने कार्यक्रम रहेको छ। नेता शेखर कोइराला र मिनेन्द्र रिजाल लगायत नेताहरू भने शनिवारदेखि नै रुपन्देहीमै छन्।

द्घाटनपछि कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधार लगायत उपलब्धि, संविधान र मुलुकको विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्य र आमनिर्वाचन गरी विभिन्न ६ वटा विषयमा प्रस्तुती रहनेछन्।

त्यसक्रममा सहभागीहरूले पनि आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। क्षेत्रीय सभापतिहरूले समेत वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुई जना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

 

ओली सरकारले आयु मात्रै लम्ब्याउन खोज्‍यो, उपेन्द्र यादव

२०८१,११,१८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो आयु लम्ब्याउन जालझेल गर्ने र अरु दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका छन्। आइतवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावहरु प्रस्तुत गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले सरकार संविधानले व्यवस्था गरेको बहुदलीय व्यवस्थाप्रतिकूल काम गर्न उद्दत रहेको आरोपसमेत लगाए।

उनले सरकार गठनपश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित राखेको आरोपसमेत लगाए। सरकारप्रति जनतामा नैराश्यता बढ्दोक्रममा रहेको उनको भनाइ छ। अध्यक्ष यादवले राष्ट्रिय हितको रक्षा, राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति कायम गर्न नसकेकाले सरकार असक्षम र असफल सावित भइसकेको बताए।

सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोपसमेत उनले लगाएकाछन ।

पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनमा नेपालीको चासो बढ्दै

२०८१,११,१८

पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारी साधनमा नेपालीको चासो बढ्दै गएको छ । पर्यटन प्रवद्र्धन, युुवा स्वरोजगार, प्रदुुषण तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोल तथा डिजेलको मूल्यमा अचाक्ली वृद्धि हुुदा नेपालमा इलेक्ट्रिक सवारी साधनको चासो बढेको हो । नेपालमा मात्र नभएर विश्वभर नै इलेक्ट्रिक सवारी (ईभी) को प्रयोग बढ्दो छ ।
नेपाली बजारमा अहिले ईभीईजी नयाँ टयाक्सी भित्रिएको छ । जेएमईभी ब्रान्डको टयाक्सी सरिना जी टेड्र प्राइभेट लिमिटेडले चाइनाबाट भित्राएको हो । पर्यटन प्रवद्र्धन , य्ुुवा स्वरोजगारका साथै युुवा पलाएन रोक्ने उदेश्यले सो टयाक्सी नेपाल ल्याइएको सरिना जी टे«ड प्राइभेट लिमिटेडका अध्यक्ष राजुु श्रेष्ठका बताउँछन । सरकारले पनि विद्युतीय सवारीको प्रयोगलाई बढी प्राथमिकता दिएको छ । विद्युतीय सवारी साधन वातावरणमैत्री भएकाले पनि यसको फाइदा गाडी नचढ्नेले पनि अप्रत्यक्ष रुपमा लिइरहेका हुन्छन् । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदूषणका कारण विश्वव्यापी रूपमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ । वातावरण स्वच्छ राख्न तथा पेट्रोलियम पदार्थहरुमा परनिर्भरता घटाउन साथै युुवा स्वरोजगारका लागि विद्युुतिय टयाक्सीको औचित्य रहेको बागमती प्रदेशमा मुुख्यमन्त्री बहादुुर सिंह लामाको भनाई छ ।
विद्युतीय गाडी अरु पेट्रोलियम गाडी भन्दा फरक रहेको सवारी टयाक्सी चालकहरुको भनाई छ । विद्युतीय सवारी साधन आरामदायी, कम खर्चिलो तथा स्मार्ट देखिने हुुदा यसमा ग्राहहरु खोज्नुु नपर्ने टयाक्सी चालकहरुको बुुझाइ छ । जसका कारण विद्युतिय सवारी साधनमा टयाक्सी चालकदेखि ग्राहहको आकर्षण बढेको पाईएको छ ।

राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको प्रधानमन्त्री ओलीको भनाई, युवा जगतको चौतर्फी विकासमा सरकार प्रतिवद्ध रहेको जिकिर

 

२०८१,११,१८

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । रोल…
आईतवार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनु भएको कहो । युवाको महत्व मनन गर्न आग्रह गर्दै उहाँले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाँले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताउनु भयो । राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा निःस्वार्थ सेवा भावबाट समर्पित भइ महत्वपूर्ण र नेतृत्वदायी भुमिका निर्वाह गरेकोप्रति प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो ।
बाइट…केपी शर्मा ओली, प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले विपद्को उच्च जोखिममा रहेको नेपालमा विपत्तिहरुको समयमा परिचालन गर्नसक्ने तालिमप्राप्त स्वयंसेवक उत्पादन गर्नसक्ने बनाउनु कार्यक्रमको मुख्य ध्येय भएको उल्लेख गर्नुभयो । ०००

गुठीपीडित र प्रहरीबीच बानेश्वरमा झडप ,डीएसपी घाइते

फागुन १८ आइतबार ।
‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ को विरोध प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण भएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका किसान र प्रहरीबीच झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खा्ज्दा झडप भएको हो ।झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छ्न् । पौडेलको टाउकोमा गहिरो चोट लागेको छ ।

सिभिल अस्पतालको इमरजेन्सीमा उपचारपछि उनी अहिले कार्यालय फर्किएका छन् । प्रदर्शनकारीहरु पनि केही घाइते भएका छन् ।बानेश्वरको स्थिति अहिले सामान्य बनेको छ ।