संसदीय समितिद्धारा स्वास्थ्य उपकरण खरिद प्रकरणमा अख्तियार दुरुपयोग भएको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

संसदीय समितिद्धारा स्वास्थ्य उपकरण खरिद प्रकरणमा अख्तियार दुरुपयोग भएको दाबी

काठमाडौं, ८ असार । संसदीय समितिले कोरोना रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको जनाएको छ ।

संसदको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा समितिका सभापति भरतकुमार शाहले प्रारम्भिक अध्ययनमा खरिद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग गरेको देखिएको बताउनुभयो । यस्तै खरिद प्रक्रिया अगाडि बढाएर सम्झौता गरेपछि मात्रै बजेटको माग गरिएको पाइएको पनि सभापति शाहले उल्लेख गर्नुभयो ।

उहाँले खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको र खरिद ऐनमा व्यवस्था भएको मूल्याङ्कन समितिको कुनै भूमिका नदेखिएको बताउनुभयो ।

गत चैत दोस्रो साता कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ओम्नी समूहले खरिद गरेको सामग्रीमा अनियमितता भएको भन्ने बिषय सार्वजनिक भएको थियो । त्यसमा समितिले चासो देखाएर छलफल गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);