प्रधानमन्त्री ओलीको आग्रह, 'कोरोनाबाट बच्न स्वच्छ खाना खानु' | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको आग्रह, ‘कोरोनाबाट बच्न स्वच्छ खाना खानु’

काठमाडौं, जेठ २५ । आज विश्व खाद्य स्वच्छता दिवस खाद्य पदार्थमा स्वच्छता हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ मनाइँदै छ ।

दिवसका अवसरमा विज्ञले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन् ।

खाद्यान्नबाट मानिसमा कोरोना संक्रमण भएको अहिलेसम्म कुनै प्रमाण नभेटिएको भन्दै विज्ञले लकडाउन खुकुलो भएको अवस्थामा उपभोक्ता र बिक्रेताले अझ बढी सजग र सतर्क हुन आवश्यक रहेको बताएका छन् ।

यसैबीच दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको जोखिमबाट सुरक्षित हुनका लागि सबैलाई सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न आग्रह गर्नुभएको छ ।

नागरिकको खाद्य अधिकार र स्वास्थ्यको सुरक्षा सधैं उच्च प्राथमिकता रहेको उल्लेख गदै प्रधानमन्त्री ओलीले पछिल्लोपटक फैलिएको कोरोना भाइसरको विश्वव्यापी महामारीको जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु र औषधिजन्य वनस्पतिको प्रयोग आवश्यक रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);