प्रकाश जोशी
काठमाडौ, २१ जेठ । नेपाली कृषकले उत्पादन गरेका कृषि उपजले बजार पाएका छैनन ्। तर, भारतबाट लकडाउनको दुइ महिनामा मात्रै ४ अर्बको तरकारी आयात भएको छ । अर्बाैको तरकारी भारतबाट आयात भइरहदाँ स्थानीय कृषकले उत्पादन गरेका तरकारी स्थानीय प्रशासन र स्थानीय सरकारको मिलेमतोमा गाडिएको छ ।
छिमेकी जिल्लाबाट तरकारी भित्र्याएको भन्दै लाखौ मूल्यको तरकारी गाडिएको हो । तरकारी तथा फलफुलबाट कोरोना सर्नेभन्ने कुरा अहिले सम्म कुनै पनि अध्ययनले देखाएको छैन । तर केहि जिल्लाले कारोना संक्रमण फैलीने भन्दै तरकारी तथा फलफुल आयातमा रोक लगाएका छन ।
अर्को जिल्लाबाट आएको भन्दै विभिन्न ठाँउमा तरकारी तथा फलफुल नष्ट गर्ने कार्य पनि भईरहेको छ । त्यो पनि सरकारी निकायकै सहमतीमा । यहि आईतबार अर्घाखाँचीको सन्धिखर्कमा कपिलवस्तुको बुद्धभुमीबाट लगीएको १ ट्रक हरियो तरकारी नष्ट गरियो ।
त्यस्तै पोखरा महानगरपालीका वडा नंं.१५ मा बिहिबार काभ्रे र चितवनबाट गएको ६ ट्रक तरकारी र फलफुल नष्ट गरियो । विभिन्न ठाँउमा भईरहेका यसकिसीमका गतिबिधीले किसानको मनोबल घटाउने कार्य गरेको छ ।
यसबाट निकट भबिष्यमा मानिसहरु पलायनहुने जोखिम बढेको छ । यस्ता कार्यहरुलाई राज्यले रोक्नुपर्ने किसान प्रतिनिधी बताउछन । भारतबाट निर्वाध रुपमा तरकारी तथा फलफुल आयात भईरहेको अवस्थामा देशकै एक स्थानको उत्पादन अर्को स्थानमा बिक्री गर्न नपाउनु दुखःद छ ।
यसबाट देशका किसानको मनोबल घटन गई देश थप परनिर्भर बन्न जान्छ । कृषी मन्त्रालयले पनि विज्ञप्ती जारी गर्दै यस घटनाप्रति दुख ब्यक्त गरेको छ । साथै कोरोना संक्रमण हुन्छ भन्दै कृषी उपज नष्ट गर्ने माथी कारवाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ ।
कृषकहरु माथि विभिन्न किसीमका समस्याहरु पटकपटक आईरहन्छन । तर सरकारी अधिकारी भने किसानको लागि धेरै गरेको दावा गर्छन । भारतबाट समेत आयात भईरहेको अवस्थामा देश भित्रकै उत्पादनलाई नष्ट गर्ने कार्य दुखःद छ ।
विभिन्न तहका सरकारहरु र अधिकारीहरुले गरिरहेको यस्तो कार्यमा संघिय सरकारले रोक लगाउनुपर्ने हो । तर त्यस्तो देखिएन । किसानहरुको मनोबल बढाउन र स्वदेशी सामानको बजार प्रवर्दन गर्न राज्यले तत्काल यस्ता प्रवृत्तीमाथि रोक लगाई कारवाही गर्नुपर्दछ ।




