विद्युतीय गाडीमा ८० प्रतिशतसम्म भन्सार र अन्तःशुल्क लाग्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

विद्युतीय गाडीमा ८० प्रतिशतसम्म भन्सार र अन्तःशुल्क लाग्ने

काठमाडौं, १७ जेठ  । सरकारले विद्युतीय गाडी आयात गर्दा भन्सारमा लाग्ने कर बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म भन्सार र अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

यसबारेमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले निकै महँगा विद्युतीय गाडी भित्रन थालेकोले कर बढाइएको बताउनुभयो । हामीले पेट्रोलियम पदार्थ आयात गर्दा ठूलो रकम बाहिरियो भनेर विद्युतीय गाडी किन्न प्रोत्साहन र्गयौँ, आम सर्वसाधारणले विद्युतीय गाडी उपयोग गर्न पाउन भनेर नीति ल्यायौँ तर दुई वर्षको पेट्रोलियम पदार्थको आयात मूल्य बराबर नै विद्युतीय गाडीको आयात भएपछि हाम्रो नीति त विवेकपूर्ण नै नभएको बताउदै यस्तो व्यवस्था गरिएको उल्लेख गर्नु भयो ।

अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा विद्युतीय गाडीको भन्सार केही सस्तो नै रहेको उहाँको दाबी छ । ‘विद्युतीय गाडीको भन्सार सस्तो होस् तर यति सस्तो पनि नहोस् कि अति महँगा विद्युतीय गाडी आयात गरेर फेरि व्यापार घाटालाई प्रतिकुल असर नपरोस् भनेर नै कर बढाइएको हो ।