एजेन्सी, १३ जेठ । सन्दीप लामिछाने र कुशल मल्ल २० वर्ष मुनिका उत्कृष्ट क्रिकेट खेलाडीको सूचिमा परेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ‘द नेशनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट सन्दीप र कुशल परेका हुन् । २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहँदै आएको छ ।
![कुशल मल्ल](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2020/05/kushal-malla.jpg?resize=800%2C445&ssl=1)
सन्दीप लामिछाने लेग स्पिनर हुन् भने कुशल मल्ल अलराउण्डर हुन् ।