नेपालको कृषिलाई व्यवसायीकरण बनाउन लगानी बढाउनु पर्छ (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

नेपालको कृषिलाई व्यवसायीकरण बनाउन लगानी बढाउनु पर्छ (भिडियाेसहित)

मनिषा भण्डारी

काठमाडाैं, १२ जेठ । नेपाल कृषि प्रधान देश भएपनि नेपालको कृषि क्षेत्र पिछडिएको छ । ८० प्रतिशत भन्दा बढि नेपाली कृषिमा आधारित भए पनि निर्वाहमूखि मात्र बनेको छ । कुषिलाई फोहारी पेशा,झन्झटिलो पेशाको रुपमा हेरिँदा पनि कृषिलाई व्यवसायीकरण गर्न सकेको अवस्था छैन । निर्वाहमूखि मात्र बन्दा बाहिरी देशसँग आश्रित हुनुपर्नेे बाध्यता छ ।

नेपालको कृषि प्रणाली पछाडि पर्नुका कारणहरु धेरै छन् । नेपालको कृषि परम्परागत रुपमै चलेकोले आधुनिकीकरण हुन सकेको छैन ।कोभिड १९ ले विश्व नै चकित हुँदा नेपाल पनि यसबाट प्रत्यक्ष रुपमा प्रभावित बनेको छ । लकडाउनले धेरैको जीवनयापन प्रणालीलाई अस्तव्यस्त बनाएको छ । विहान बेलुका खेतबारीमा काम गरेर हात मुख जोड्ने लाखाैँ कृषकहरु अहिले विचलित बनेका छन् । आफूले गरेको लगानी अनुसार उत्पादन नभएको र उत्पादन भएको वस्तुले पनि बजार नपाउँदा अझ बढि समस्या झेलिरहेका छन् ।

नेपालमा वितरण प्रणाली सहज नभएको र छरिएको कृषि प्रणाली हुँदा उत्पादन गर्ने वाताबरण बन्न सकेको छैन ।नेपालको निर्वाहमूखि कृषि प्रणालीलाई व्यवसायीकरणमा रुपान्तरण गर्न सके कृषि क्षेत्रमै आत्मनिर्भर बन्न सकिन्छ र अहिलेको आवश्यकता पनि यही हो । कृषिको अहिलेको अवस्था र कृषिमा आत्मनिर्भर कसरी हुने भन्ने सन्दर्भमा विभिन्न व्यक्तित्वहरुले फरक फरक मत राख्नुभएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सहसचिव, श्यामसुन्दर शर्मा

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सहसचिव श्यामसुन्दर शर्माले नेपालको कृषि प्रणाली निर्वाहमुखि मात्रै हुँदा व्यवसायीकरण हुन नसकेको बताउनु भएको छ । नेपालमा कृषिलाई फोहारी, झन्झटिलो र लगानी अनुसारको प्रतिफल नहुने भन्ने मानसिकता हुँदा कृषि व्यवसाहीकरण हुन नसकेको बताउनु भएको हो ।

कृषि विज्ञ, यमुना घले

कृषि विज्ञ यमुना घलेले आम नेपालीमा कृषि प्रतिको नकरात्मक सोच भएकोले अहिले पनि नेपाली कृषकहरु पारिवारीक कृषिमा मात्र सिमित रहेको बताउनु भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उप –सचिव, डा. गंगा दत्त आचार्य

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उप –सचिव डा गंगा दत्त आचार्यले नेपालको कृषि गुजारामूखि मात्र हुँदा सम्भावना भएपनि नेपाली बाहिरी देशमा आश्रित हुनुपर्ने बाध्यता रहेको बताउनु भएको छ ।

 

  

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);