काठमाडौं, ११ जेठ । कंचनपुरको झोलुङ्गे पुलमा ताला लगाएको छ । कंचनपुरको दोधारा चादनी झोलुङ्गे पुलमा स्थानीयले ताला लगाएका हुन् ।
भारतबाट झण्डै दुई हजार नेपाली भित्रीदा समेत स्थानीय निकायजिल्ला प्रशासनले उचित व्यवस्थापन नगरेको र उक्त क्षेत्र सेनिटाइज नगरेको भन्दै भीनपा -१३ का स्थानीयले झोलुङ्गे पुलको गेटमा ताला लगाएका हुन् । पुलबाट भित्रीने नेपालीको उचित व्यवस्थापन र सेनिटाइजर छर्किनु पर्ने स्थानीयको माग छ ।