प्रतिनिधिसभाको शून्य समयमा सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

प्रतिनिधिसभाको शून्य समयमा सांसदले के भने ?

samsadh

काठमाडौं, २९ वैशाख । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सीमा अतिक्रमणको विषय उठाएका छन् । शून्य समयमा बोल्दै अधिकांस सांसदहरुले लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे छिटो भन्दा छिटो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उत्तराधिकारी घोषणा गरेको कुरा उठाउदै, यो संविधानको कस्तो बन्दोबस्त हो भन्ने प्रश्न गर्नुभयो । उहाँले संसदमा के कारणले प्रधानमन्त्री उपस्थित नभएको संसदलाई जानकारी गराउनु पर्ने बताउनु भयो ।