कोरोना महामारी: पर्यटनमा करोडौ लगानी डुब्दै | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

कोरोना महामारी: पर्यटनमा करोडौ लगानी डुब्दै

karnali paryatan barsha

प्रमिला खतिवडा

काठमाडौं, २८ वैशाख । सन् २०१५ को विनाशकारी भूकम्पपछि बिस्तारै तंग्रिन थालेको नेपाली पर्यटन उद्योग कोरोना महामारीले ठप्प भएको छ । नेपाल भ्रमण वर्ष जस्तो राष्ट्रिय कार्यक्रममार्फत पर्यटन क्षेत्रमा आमूल सुधार ल्याउन सरकारी योजना सबै स्थगित भएका छन् ।

वैदेशिक मुद्रा आर्जनको महत्वपूर्ण पर्यटनले लाखौ रोजगारी समेत गुमाएको छ । वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सीलको २०१९ को प्रतिवेदन अनुसार पर्यटन क्षेत्रले १३ लाख रोजगारी दिएको थियो । मुलुकको कुलग्राहस्र्थ उत्पादनमा करिब ७ प्रतिशत योगदान दिएको पर्यटन क्षेत्र कोरानाकै कारण लाखौ रोजगारी गुम्दै गएको छ ।

नेपाल भ्रमण २०२० लाई लक्षित गरेर पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्रिएको थियो । कोरोनाले स्वदेशी तथा वैदेशिक लगानी समेत चौपट परेको छ । सरकारी अनुमानित तथ्यांक अनुसार पर्यटन क्षेत्रले २५ अर्ब बराबरको क्षति बेहोरेको छ । नेपालमा पनि विशेषगरी पर्यटकलाई पहिलो प्राथमिकतामा राखेर सानादेखि तारे होटल सञ्चालनमा छन् ।

पछिल्लो तथ्यांक अनुसार २० हजार बढी होटेल संचालनमा छन् । डेढ सयको हाराहारीमा तारे होटेल र एक हजारमाथि पर्यटक स्तरीय होटेल छन् । करिब २ हजार टुर एण्ड ट्राभल छन् । गन्तव्य, पहूँच र बन्दोबस्त पर्यटनका मुख्य तत्व हुन् यीनै पक्ष कोरोनाको कहरले ठप्प हुँदा पर्यटन उद्योग ओरालो लागेको हो ।

विश्वमा शत प्रतिशत गन्तव्य स्थल बन्द भएको अवस्थामा टुर एण्ड ट्राभल क्षेत्रले मात्र ३ लाख रोजगारी गुमाएको छ । व्यवसायीक गतिविधि शुन्य हुँदै जाँदा कार्यरत मजदुर टिकाउन व्यवसायीहरुलाई कठिन भैसकेको छ ।

कोरोनाको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनको लगानी डुब्दै गएको छ । लगानी डुब्दै गएपछि रोजगारी पनि गुम्दै गएको छ । यसर्थ सरकारले कोरोना कहरमा पनि पर्यटन क्षेत्रलाई उकास्नको लागि नयाँ नीति र प्रभावकारी योजना ल्याउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);