विश्वकै ठूलो फुटबल रंगशाला बनाउँदै चीन | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

विश्वकै ठूलो फुटबल रंगशाला बनाउँदै चीन

china stadium

एजेन्सी, ९ वैशाख ।  चीनले आफ्नो देशमा फुटबलको विकासका लागि विश्वकै ठूलो रंगशाला बनाउने भएको छ । १ लाख दर्शक क्षमता भएको कमलको फूल आकारको फुटबल रंगशाला बनाउनका लागि चीनले १ दशमलव ७ खर्ब अमेरिकी डलर खर्च गर्ने जनाइएको छ ।

चीनको ग्वान्झाओमा बन्ने उक्त रंगशाला सन् २०२२ सम्ममा तयार भइसक्ने अपेक्षा गरिएको छ । चीनको रियल स्टेट कोगलोमेरट एवरग्रेन्डका अध्यक्ष शिया हाइजुनले रंगशाला बनाउने शुरु गरिसकेको बताएका छन् । उनले विश्वकै ठुलो रंगशाला बनाउनुको उद्देश्य अष्ट्रेलीयाको सिड्नीस्थित ओपेरा हाउस र दुबईको बुर्ज खालिफा जस्तो प्रतिक स्थापित गर्ने रहेको बताए ।

चिनीया फुटबलको प्रतिक मानीने भनिएको उक्त रंगशालाले दर्शक क्षमताका आधारमा स्पेनको बार्सिलोनाको क्याम्प नाऊलाई पछि पार्ने छ । क्याम्प नाऊको क्षमता ९९ हजार ५ सय ३४ रहेको छ । अहिले चीनको सबैभन्दा ठुलो ६० हजार दर्शक क्षमताको रंगशालामा पनि ग्वान्झाओ मै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);