काठमाडौं, ७ वैशाख । लकडाउन थप कडा बनाउन लामो दूरीमा पैदल हिँड्नेहरुलाई गन्तव्यसम्म पठाइएको छ । चन्द्रागिरी नगरपालिकास्थित त्रिभुवन पार्कमा रोकेर राखेका उपत्यका र आसपासका जिल्लाबाट घर फर्कन हिडेका पश्चिम नेपालका करिव ३ सय ४५ जनालाई गन्तव्यसम्म पठाइएको हो ।
एक रात थानकोटस्थित त्रिभुवन पार्कमै अस्थायी बसोबासको व्यवस्था मिलाइएका उनीहरुलाई शनिबार राति ८ वटा गाडीमा राखेर पठाइएको हो ।
थानकोटबाट नौबिसे हुँदै बाँके, बर्दिया, दाङलगायत जिल्लातर्फ पैदल हिँडेका उनीहरुलाई पार्कमा राखिएको र स्थानीय युवाहरुको सक्रियतामा सबै प्रकृया पुरा गरेर गन्तव्यसम्म पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।