प्रदेश नम्बर दुईका ११९ स्थानीय तहमा मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौं, असोज ३ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ११९ स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

दुइ नम्बर प्रदेशमा पर्ने ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले १६ वटा स्थानीय तहमा मतगणना कार्य अझै शुरु हुन नसकेको जनाएको छ ।

जेइओसीका अनुसार मंगलबार १ बजेसम्ममा सप्तरीमा ४, सिरहामा १, धनुषामा २, महोत्तरीमा २, सर्लाहीमा १, रौतहटमा १, बारामा १ र पर्सामा ४ गरी जम्मा १६ वटा स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

मतगणना सुरु गर्नकालागि सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गर्ने कार्य भइरहेको आयोगले जानकारी दिएको छ।

 

ताजा समाचार