काठमाडौं, २६ चैत । नेकपा शीर्ष नेताहरूले सरकारलाई अझ प्रभावकारी रूपमा अघि बढ्न सुझाब दिएका छन् । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा मंगलबार बसेको नेकपा सचिवालय बैठकमा नेताहरूले यस्तो सुझाव दिएका हुन् ।
कोरोना भाइरस रोकथाम र उपचारका सम्बन्धमा धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझाबहरू दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेताहरुले सुझाबहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि जोड दिएका छन् । प्राप्त सुझाबहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिने प्रधानमन्त्री ओलीले भनाई रहेको बताइएको छ ।