सरकारले चीनबाट किनेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सरकारले चीनबाट किनेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

chin sahayog

काठमाडौं, १६ चैत । कोरोना भाइरस संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ । सरकारले किनेको, ज्याकमा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सरकारले ललितपुरमा रहेको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको हो । सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेका छन् ।

सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ । पहिलो चरणका सामग्री ल्याउन नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज शनिबार साढे बाह्र बजे चीन उडेको थियो।

त्यही जहाजमा चीनको सिचुवान प्रदेश, चिनियाँ दूतावास, अलिबाबा र ज्याकमा फाउन्डेशनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउने भनिएका सामग्रीहरु पनि ल्याइएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);