आज वैशाख शुक्ल नवमी,भगवती सीता उत्पत्ति भएको दिन सीता जयन्ती | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

आज वैशाख शुक्ल नवमी,भगवती सीता उत्पत्ति भएको दिन सीता जयन्ती

वैशाख शुक्ल नवमी अर्थात् भगवती सीता उत्पत्ति भएको दिन आज सीता जयन्ती मनाइदै छ

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । त्रेतायुगमा जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा बालिका फेला पारेको र उनैलाई पुत्रीका पालन गरी सीता नाम दिएको धार्मिक मान्यता छ ।

अयोध्याका राजा दशरथका छोरा रामसँग विवाह , वनवास अनि रावणबाट हरण हुँदा पनि धर्म नत्यागेको,राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले रानीको पद त्याग गरेर वनवास गएको रामायणमा उल्लेख छ ।

भूमिमा उत्पत्ति भएकी सीताले अन्त्यमा भूमिमै प्राण त्याग गरेको मान्यता छ ।

सीता जयन्ती रामनवमीको एक महिनापछि मनाइन्छ । सीता नेपालकी राष्ट्रिय विभूति पनि हुन् । यसैबीच राष्ट्रपति रामचन्द् पौडेलले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सीता जयन्तीको यस पावन दिवसले लैगिकलगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);