दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइँदैन : मन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइँदैन : मन्त्री खतिवडा

arthamantri-telecom

काठमाडौं, २० फागुन । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स ओगटेर काम रोक्न नपाइने बताउनुभएको छ ।

मंगलबार नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको उललेख गर्नुभयो ।

मन्त्री खतिवडाले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडीने गरेको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);