प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । जुत्त प्रहार भएपनि उनी जोगिएका छन् ।

नेकपाका स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डमाथी जुत्ता प्रहार भएको हो ।

के कारणले जुत्ता प्रहार भएको हो भन्ने केही खुलेको छैन । प्रहरीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।