धनगढी, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले असल साहित्य सिर्जनामा साहित्यकार क्रियाशील हुनुपर्नेमा जोड दिनु भएको छ ।
कैलालीको धनगढीका बुधवारबाट शुरू भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले साहित्यले विकृतिलाई औंल्याउँदै समाजमा नैतिकता स्थापित गराउने भएकाले असल साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको हो । साहित्य समसामयिक समाजको ऐना भएको राष्ट्रपतिको भनाइ छ ।
उहाँले नेपाली भाषा विश्वमा उन्नत भाषाको रूपमा स्थाािपत हुँदै गएको समेत बताउनुभयो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।