कमिसनबिना नेकपा एक कदम पनि अगाडी बढ्न सक्दैन : सरिता गिरी | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

कमिसनबिना नेकपा एक कदम पनि अगाडी बढ्न सक्दैन : सरिता गिरी

काठमाडौं, १३ फागुन । सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने आरोप लगाउनुभयो । ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिनुभयो ।

सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाउनुभएको छ । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘विधिका शासन कहाँ गया ? सभामुख महोदय’

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रबृत्ति हावी भएको बताउनुभयो । बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उहाँले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गर्नुभयो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);