समता स्कुल सिन्धुली अभिभावकको रोजाईमा | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

समता स्कुल सिन्धुली अभिभावकको रोजाईमा

samata school

सिन्धुली, ७ फागुन । एक सय रुपैयाँ शुल्कमा पढाई हुने समता स्कुल सिन्धुलीका अभिभावकको रोजाईमा पर्ने गरेको छ । न्यून शुल्कमा अंग्रेजी माध्यमबाट गुणस्तरीय पठनपाठन हुने भएपछि अभिभावकको रोजाईमा पर्ने गरेको हो ।

कमलामाई नगरपालिका ६ रातामाटामा रहेको समता स्कुलले तिन वर्षदेखि विद्यार्थिलाई मासिक एक सय रुपैयाँमै पठनपाठन गराइरहेको स्कुलका प्रध्यानध्यापक अप्सरा कार्कीले जानकारी दिनुभयो । नेपालकै सस्तो शिक्षा प्रदान गर्ने समता स्कुल सिन्धुली सहित नेपालका ७७ जिल्ला र विदेशमा श्रीलंका,बंगलादेश,थाइल्याड लगाएत भारतमा समेत सञ्चालन भएका छन् ।

सिन्धुलीमा स्थापनाको छोटो अवधिमै विद्यार्थीको चाप बढ्दै गएको समता स्कुलका प्रध्यानध्यापक कार्कीले बताउनुभयो । हाल कक्षा ३ सम्म पठनपाठन भइरहेको समता स्कुलमा करिव ४ सय जना बालबालिका रहेका छन् । प्रध्यानध्यापक कार्कीले संस्थागत विद्यालयमा यसअघि महँगो शुल्क तिरेर बालबालिकालाई पठनपाठन गराइरहेका अभिभावक समता स्कुल तर्फ आर्कर्षित भएको बताउनुभयो ।

एक सय रुपैंयामा पढाई हुने समता स्कुलमा पढेका बालबालिका महंगो शुल्क तिरेर पढेका बालबालिका समान नै हुने तिनपाटन गाउँपालिका ११ की आशिका पुलामी मगरकी अभिभावकले बताउनुभयो । उहाँले समता स्कुल आफुहरु जस्ता महंगो शुल्क तिर्न नसक्ने र अग्रेंजी माध्यमबाट गुणस्तरीय शिक्षा चाहनेहरुका लागी संचालन भएको बताउनुभयो ।

मंगलबार आयोजित समता स्कुलको तेस्रो वार्षिकोत्सव कार्यक्रममा कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रीले समतामूलक शिक्षाको लागी कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने समताको अभियान सराहनिय भएको बताउनु भएको छ । उहाँले शैक्षिक क्षेत्रको बिकासमा शिक्षकको महत्वपूर्ण भुमिका रहने चर्चा समेत गर्नुभयो ।

हाल कक्षा ३ सम्म पढाई भइरहेको समता स्कुलले बर्षेनी कक्षा थप गदँै कक्षा १२ सम्म संचालन गर्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);