झापाको बिरिङ नदीमा बनेको तटबन्धले स्थानीयलाई राहत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

झापाको बिरिङ नदीमा बनेको तटबन्धले स्थानीयलाई राहत

झापा, ५ फागुन । झापाको बिरिङ नदीको कटान र डुबानको समस्याबाट आजित डाँगीवारीबासीले राहत महशुस गरेका छन् । जनताको तटबन्ध कार्यक्रमबाट नदी नियन्त्रण भएपछि उनीहरुलाई राहात मिलेको हो । डिभिजन कार्यालय–१ गैडेको जनसहभागितामा आधारित आयोजनाले स्थानीयले राहत पाएका हुन् ।

बिरिङ नदीको कटान र डुबानबाट आजित बनेका झापाको डाँगीवारीबासीले अब डुबान र कटानको समस्या झेल्नु नपर्ने भएको छ । जनताको तटबन्ध डिभिजन कार्यालय – १ गैडेले जनसहभागीतामा बिरिङ नदी नियन्त्रणका लागि तटबन्ध गरेसंगै डाँगीबारीबासीले कटान र डुबानको समस्या झेल्नु नपर्ने भएको हो।

१५ करोड रुपैयाँको लागतमा साविक डाँगीवारी र सुरुङ्गा गाविसको सीमानामा नदी नियन्त्रणका लागि तटबन्ध बनेपछि स्थानीयको दुखका दिन गएका हुन् । बाह्रदशी गाउँपालिका–७ डाँगीवारीमा अब नदी कटानको सास्ती अन्त भएको छ ।

२०६४ साल यता बिरिङ नदीमा आएको बाढीका कारण बाह्रदशी गाउँपालिकाका २ सय घर परिवार विस्थापित भएका छन् । बाढीले हजारौ विगाह जमिन समेत बगरमा परिणत भएको छ ।

तर, नदी तटबन्धले स्थानीयलाई राहत दिएको छ । जनताको सहभागीतामा आयोजना पुरा गरिएको बिरिङ खोला नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पाठकले बताउनु भयो ।

स्थानीय उपभोक्ता समिति र सोझै टेण्डर मार्फत पनि खोलामा तटबन्ध गरिएको अध्यक्ष पाठकको भनाई छ । गोलोवस्ती, नेवारगाउँ, तुलसीवारी, चौधरी गाउँ, डाँगीवारी बजार पश्चिममा झण्डै अढाई किलोमिटर भु–भागमा तटवन्ध गरिएका कारण डुवान र कटानको समस्या हटेको छ ।

तटबन्ध बनेकै कारण डाँगीवारी वजार सुरक्षित भएको छ । यसले वाह्रदशीवासीलाई राहत मिलेको स्थानीय पूर्णवहादुर थापा बताउनुहुन्छ ।

वर्षेनी नदीमा आउने बाढीले हजारौ जमिन बगरमा परिणत मात्रै भएको थिएन, स्थानीय बिस्थापित भएकोमा अब यो समस्या हटेको छ । तटबन्धले नदी प्रकोप अन्त भएसंगै स्थानीयको दैनिकी समेत सहज भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);