नेकपाले प्रदेश सरकारलाई बुझायो ८ बुँदे ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेकपाले प्रदेश सरकारलाई बुझायो ८ बुँदे ज्ञापनपत्र

nekapa gyapan patra

काठमाडौं, ५ फागुन । प्रदेश नम्बर २ सरकारले बजेट खर्च गर्न नसकेको भन्दै नेकपाले ज्ञापनपत्र बुझाएको छ । नेकपाले प्रदेश सरकारलाई ८ बुँदे ज्ञापनपत्र बुझाएका हो । सत्तारुढ दल नेकपा प्रदेश सभा संसदीय दलनेता सत्यनारायण मण्डलले मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे ज्ञापनपत्र बुझाउनु भएको हो ।

ज्ञापनपत्रमा प्रदेश सरकारको २ वर्षको कार्यकालमा पनि विकास बजेट खर्च गर्न नसकिएको उल्लेख छ । विनियोजित बजेट समेत खर्च गर्न नसक्दा विकासका कामहरु अघि बढ्न नसकेको बताइएको छ । योजना सम्बन्धी रातो किताब समेत प्रकाशन गर्न नसकेको भन्दै नेकपाले ज्ञापनपत्र बुझाएको हो ।

समयमा भुक्तानी गर्न नसक्दा प्रदेश सभा बैठक समेत अवरुद्ध हुँदै आएको छ । विकास आयोजना निर्माण कार्यक्रम सार्वजनिक समेत नगरेको भन्दै जनता आवास कार्यक्रम समेत अपारदर्शी भएको आरोप लगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);