रुपन्देही, २ असोज । रुपन्देहीमा आज बिहान भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
रुपन्देहीको देवदह-१० भलुही जंगलमा आइतबार राति ना ५ ख ३१५९ नम्बरको बसलाई पछाडिबाट आएको ना ७ ख ६५८ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा ठक्कर दिने बसका सहचालक सल्यान खलंगाका २९ वर्षका सुजन परियार र अघिल्लो बसका यात्रु सुर्खेत पञ्चपुरी ५ का ३० वर्षिय भिमबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ। गम्भीर घाइते दाङ देउखुरीकी सुमित्रा सुनारको लुम्बिनी अञ्चाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।