ललिता निवास प्रकरणमा निर्दोष फस्नु हुन्न, दोषि उम्कन हुन्न : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

ललिता निवास प्रकरणमा निर्दोष फस्नु हुन्न, दोषि उम्कन हुन्न : कमल थापा

Kamal_Thapa_RPP

काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषि उम्कन नहुने बताउनुभएको छ ।

रिपोर्टस क्बलमा भएको साक्षत्कारमा बोल्दै अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने र अपराधीलाई उन्मुक्ति दिन नहुनेमा उहाँको जोड थियो ।

अदालतले निर्दोषलाई सफाई र कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने विश्वास आफुले लिएको थपाले बताउनुभयो ।

उहाँले अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गर्नुभएको छ । उहाँले एनसेल काण्ड, वाईडबडी जहाज काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका विषयमा पनि अनुसन्धान गर्न अख्तियारलाई आग्रह गर्नुभयो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा भने थापाले योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी विवाद खडा गर्ने र जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गर्नुभयो । एमसीसीमा भएका सामान्य त्रुटीहरु हटाएर सहायता लिनुपर्ने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);